अमेरिकाको टेक्ससको एक घरमा छुरा प्रहारबाट तीन बच्चाहरूको मृत्यु ,२ जना घाइते

इनेप्लिज २०७९ फागुन २० गते १३:१६ मा प्रकाशित

अमेरिकाको टेक्ससको एक घरमा छुरा प्रहारबाट ३ जना बच्चाहरूको मृत्यु भएको छ भने २ जना घाइते भएको प्रहरीले बताएका छन् ।

एबिसी समाचारका अनुसार शेरिफका प्रहरी सहायकहरू स्थानीय समय अनुसार दिउसो ४ बजे उक्त घटनास्थलमा पुगेका थिए । टेक्सस राज्यको इटाली नामक शहरको दक्षिण ह्यारिस मार्गमा उक्त घटना भएको इलिस काउन्टी शेरिफ क्यारी कोजरीले बताए ।

प्रहरीहरु त्यहाँ पुगेपछि धेरै पीडितहरू भेटिएका थिए । प्रहरीहरुले घाइते भएका दुईजना अन्य व्यक्तिहरूलाई अस्पताल लागेका थिए । पीडितहरू सबै बच्चाहरू रहेको प्रहरीले बताए ।

प्रहरीले संदिग्धलाई समेत हिरासतमा लिइएको जनाएका छन् ।

प्रतिक्रिया