अमेरिकाको उत्तरपूर्वमा आएको बाढी ,आँधीहुरी र घुम्रपात(टोर्नाडो)बाट कम्तिमा १० जनाको मृत्यु भएको छ ।
गल्फको बल अर्थात् सानो भकुण्डोआकारको असिना र अमेरिकाको दक्षिणमा ल्याएको शक्तिशाली आँधीले मध्य-एट्लान्टिक र उत्तरपूर्वमा शुक्रबार जारी राखेकोले देशभरि गम्भीर मौसमका कारण कम्तिमा १० व्यक्तिको मृत्यु भएको सिएनएनले जनाएको छ ।
आँधीबेहरीले ठूला १८ पांग्रे मालबाहक सवारी साधन (ट्याक्टर-ट्रेलर ट्रक)हरू ढाल्ने बेतोड हावा चलेको छ । अमेरिकाका विभिन्न राज्यहरुमा १० लाख भन्दा बढी मानिसहरूलाई बिजुलीविहीन छन् भने थप मुसलधारे वर्षा, आँधी र भारी हिउँ ल्याउने खतरा रहेकोले सावधान अपनाउन आग्रह गरिएको छ ।
बिशाल हिमपातले मानिसहरुलाई घर भित्रै बस्न बाध्य तुल्याएको छ । क्यालिफोर्नियाका गभर्नरले १३ काउन्टीहरूमा आपतकालिन अवस्था घोषणा गरेका छन् प्रभावितहरू स्थानहरु मध्ये अझ शनिबार फेरि हिउँ र वर्षा हुने बताईएको छ ।
मौसमका कारण ज्यान गुमाउनेहरूमा कम्तीमा तीन केन्टकीवासीहरू भएको गभर्नर एन्डी बेशियरले शुक्रबार दिउँसो पुष्टि गरे। केन्टकीमा चौथो मृत्यु लेक्सिङ्टनमा एक रूख गाडीमा खसेपछि एक ४१ वर्षीया महिलाको मृत्यु भएको छ ।
फेएट काउन्टी मृत्यु समिक्षकको कार्यालयले अमेरिकामा कम्तीमा चारवटा मृत्युमध्ये एक झरेको रूखबाट भएको सिएनएनलाई बताए । अन्य तीन जनाको अलाबामामा, अर्कान्सासमा एक, मिसिसिपीमा एक र क्यालिफोर्नियामा एक जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
शुक्रबार ६० मिलियन अर्थात् ६ करोड भन्दा बढी मानिसहरू गम्भीर आँधीबेहरीको खतरामा थिए। र ,लगभग ८ करोड मानिसहरू टेक्ससदेखि पेन्सिलभेनियासम्म आँधीहुरीको सतर्कतामा रहेका छन।
केन्टकी, मिशिगन, टेनेसी, ओहायो, पेन्सिलभेनिया, वेस्ट भर्जिनिया र अलाबामा शनिबार १ बजे बिहान सम्म सात सबैभन्दा प्रभावित राज्यहरूमा १२ लाख भन्दा बढी ग्राहकहरू बिजुलीविहीन रहेका छन ।
दक्षिणी इन्डियानाबाट केन्टकी र टेनेसी हुँदै उत्तरपूर्वी अलाबामा र उत्तरपश्चिमी जर्जियामा विनाशकारी हावा, ठूलो असिना र केही आँधी आउने जनाईएको छ ।
न्यूयोर्क र न्यू इङ्गल्याण्डका केही भागहरूमा एक फिट जति हिउँ पर्ने छ भने आँधीले शिकागो र डेट्रोइटलगायत शहरहरूमा हिउँ र बरफ ल्याउन सक्छ भनि सिएनएनले उल्लेख गरेको छ ।
प्रतिक्रिया