३० वर्षअघि बेपत्ता भएकी अमेरिकाको पेन्सल्भेनियाकी एक महिला पुर्टो रिकोको निजी अस्पतालमा बस्दै आएकी सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
प्याट्रिसिया कोप्टाले पति र भाइबहिनीलाई छोडेर केही समयको लागि उत्तरी पुर्टो रिकोमा घुमफिर गरेकी थिइन् । रोस उपनगर ( टाउनशिप)मा यस हप्ताको एक पत्रकार सम्मेलनमा घोषणा गरिएको विवरण अनुसार उनि १९९९ देखि जहाँ उनी एक निजी अस्पतालमा रहेकी थिइन् ।
कोप्टालाई कुनै समय आफ्नो गृहनगरमा सडक प्रचारकको रूपमा चिनिन्थ्यो र सुरुमा पुर्टो रिकोमा हुँदा उनले आफ्नो अतीत गोप्य राखिन । तर उनले विवरण खुलाउन बिस्तारै थालिन किनभने उनी पागलपन (डिमेन्सिया)बाट क्रमिक रूपमा पीडित भएको रस उप नगरका उप प्रहरी प्रमुख ब्रायन कोलहेपले भने।
उनि अहिले ८३ वर्षकी भएकी छिन । डीएनए परीक्षणले उनको पहिचान पुष्टि गरेको कोहलहेपले बताए।
उनका पति बब कोप्टा र उनको बाँचेकी बहिनी ७८ वर्षीया ग्लोरिया स्मिथले एपीसंग कोप्टाको जीवन विवरणहरू बारेमा अन्तर्वार्ता दिएका छन् ।
कोप्टा एक विद्यार्थी थिइन् जो नमुना (मोडेल) र नृत्य प्रशिक्षक समेत बनिन्। माध्यमिक बिधालय उत्रीण गरेपछि उनले पिट्सबर्गमा काम गरेकी थिइन् ।
उनको परिवारका अनुसार साप्ताहिक रूपमा नृत्यकक्ष (बलरूम )मा नृत्य कार्यक्रमहरूमा उपस्थित हुन्थिन भनि एबिसीले समाचार लेखेको छ ।
पेन्सिलभेनियामा एक सामाजिक कार्यकर्ताले प्रहरीलाई सम्पर्क गरेपछि, ती महिला वास्तवमै प्याट्रिसिया कोप्टा हुन् भन्ने कुरा पुष्टि गर्न डीएनए नमूनाहरूको लागि लगभग एक वर्ष लागेको थियो ।
प्रतिक्रिया