हामीले क्रान्ति गरेर समाजको मुहार फेर्नुपर्छ
पुर्खाहरूको इतिहासलाई हामीले जोगाउनुपर्छ
गरिब, किसानहरूले श्रमको मूल्य पाउनुपर्छ
यो लडाई हामीले आफै लड्नुपर्छ
उठ गरिब,किसान, मजदुरहरू अब
क्रान्तिको दिगो बाल्नुपर्छ यो समाजमा अब
क्रान्तिको यो यात्रामा हामी सबै लाग्नुपर्छ
देशमै रोजगार सिर्जना गरी बेरोजगारी हटाउनुपर्छ
रोजगारको लागि विदेश हिडने तातीले मन रुवाउँछ
गाउँ गाउँ बस्ती बस्तीमा ज्ञानको ज्योति बाल्नुपर्छ
गरिबको ऋण मिनाहाको लागि राज्यबाट पहल हुनुपर्छ
एक छाक खान नपाएर बिदेसिनुको पिडा सबैले बुझ्नुपर्छ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रतिक्रिया