अमेरिकाको साउथ क्यारोलाइनाका वकिल एलेक्स मर्ड़लाई श्रीमती र छोराको हत्याको दोषी ठहर

इनेप्लिज २०७९ फागुन १९ गते १:४९ मा प्रकाशित

अमेरिकाको साउथ क्यारोलाइनाका वकिल एलेक्स मर्ड़लाई श्रीमती र छोराको हत्यामा दोषी पाइएको छ । हुन त उनलाई जून २०२१ मा आफ्नी श्रीमती र २२ वर्षीय छोराको हत्याको लागि दोषी ठहर गरेको थियो ।

तर गत जनवरी २५ देखि सुनुवाई सुरु भएको थियो । आज मार्च २ का दिन न्यायाधीशको निर्देशन,अभियोजन पक्ष र प्रतिरक्षाको शुरुवाती सुनुवाइ सुरु भएको थियो ।

समापन तर्कहरू मार्च १ मा सुरु भै मार्च २ मा समाप्त भयो । साउथ क्यारोलाइनाका निर्णायक समितिले मार्च २ मा छलफल सुरु गर्यो र लगभग तीन घण्टाको छलफल पछि सबै चार गणनाहरूमा उनलाई दोषी ठहर गरेको छ । एबिसी समाचारका अनुसार सजाय मार्च ३ मा हुनेछ।

मर्ड़लाई चारवटा मुद्दामा दोषी ठहर गरिएको थियो: म्यागी मर्ड़को हत्या, पल मर्ड़को हत्या, र अपराधको क्रममा हतियार राख्ने दुईवटा मुद्दामा ५४ वर्षीय मर्ड़ले प्रत्येक हत्याको आरोपमा ३० वर्षको कारागार सजाय भोग्नु पर्नेछ ।

अन्तिम फैसला शुक्रबार हुने अपेक्षा गरिएको छ । मर्ड़ले आफ्नै अडान लिए र आफ्नी श्रीमती र छोराको हत्या गरेको कुरा अस्वीकार गरे। तर उसले सोधपुछमा उनले अन्वेषकहरूलाई झूट बोलेको स्वीकार गरे । घटना भएको दिन उनले झुटो बोलेका थिए ।

५२ वर्षीया म्यागी मर्ड़लाई राइफलले चार वा पाँच पटक र २२ वर्षीय पाउललाई दुई पटक बन्दुकले गोली हानेका थिए । हत्या गर्ने हतियार फेला परेको छैन भनि एबिसीले समाचार लेखेको छ ।

जुन ७, २०२१ मा मर्ड़ले आफ्नो घुम्ती यन्त्र (सेलफोन)बाट राति १०:०६ बजे प्रहरीसँग कुरा गरे । उनले आफ्नी ५२ वर्षीया श्रीमती म्यागी र उनीहरूको २२ वर्षीय छोरा पलको शव परिवारको कुकुरको घर (कुकुर राख्ने जालीदार घेरा)नजिक फेला पारेको बताएका थिए ।

प्रतिक्रिया