युक्रेनी सीमा नजिकै ‘आतंकवादी हमला’ भएको पुटिनको दाबी; युक्रेनद्वारा संलग्नता भएको अस्वीकार

इनेप्लिज २०७९ फागुन १८ गते १५:१३ मा प्रकाशित

रुसले युक्रेनी विध्वंसकहरूलाई आफ्नो सिमाना पार गरेको र स्थानीय गाउँहरूमा बिहीबार “आतंकवादी हमला” गरेको आरोप लगाएको छ ।

तर युक्रेन किभका अधिकारीहरूले यो दावीलाई अस्वीकार गरेका छन भने  यो झूटो “उत्तेजना” हो भनि जवाफ दिएका छन ।

मस्कोले द्वन्द्व बढाउन प्रयोग गर्न सक्छ भनि अधिकारीले बताए।

रुसको दक्षिणी ब्रायान्स्क क्षेत्रमा भएको घटनाको वरपरको परिस्थिति स्पष्ट नभएता पनि तर राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो टिप्पणीमा यसलाई “आतंकवादी कार्य” भनेका छन ।

उनीहरूले केहि हासिल गर्दैनन्। हामी तिनीहरूलाई परास्त गर्ने छौ उन्ले भने । समूहले नागरिकहरूलाई लक्षित गरेको थियो भनि सिविएस समाचारले उल्लेख गरेको छ ।

रुसी अधिकारीहरुवे चलिरहेको गाडीमा गोली हानेर एक व्यक्तिको हत्या गरेका थिए। साथै एक १० वर्षीय बालक घाइते भएको र अस्पताल लगिएको बताएका छन ।

प्रतिक्रिया