अमेरिकाको पेन्सिलभेनिया राज्यको एक विमानस्थलमा जाँच गरिएको सामानमा विस्फोटक उपकरण फेला परेको प्रहरीले बताएका छन् ।
एक आपराधिक उजुरी अनुसार गत सोमबार पेन्सिलभेनियाको लेहाई भ्याली अन्तर्राष्ट्रिय विमानस्थलमा सामानको जाँच गरिएको टुक्रामा विस्फोटक उपकरण फेला परेको थियो।
पेन्सिलभेनिया ल्यान्सफोर्डका मार्क मफ्ली नामका यात्रु अहिले एफबीआई हिरासतमा रहेको अधिकारीहरुले भने। ४० वर्षीय मफ्ली पूर्वी पेन्सिल्भेनियाबाट फ्लोरिडाको ओर्लान्डो स्यानफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलमा एलेजियन्ट उडान गर्ने तयारीमा थिए। उनले झोला भित्र लुकाइएको यन्त्र गोलाकार लगभग ३ इन्च व्यास भएको प्लास्टिकको पोको भित्र धुलो (पाउडर ) तथा अन्य चिजहरु लुकाएका थिए ।
त्यस्ता चिजहरुबाट आतिशबाजीमा प्रयोग हुने गाढा दानाको मिश्रण भएको शंका गरिएको उजुरीमा भनिएको छ । त्यस्ता खालका कालो धुलो (पाउडर )घर्षणबाट प्रज्वलन गर्न संवेदनशील हुन्छन् । विमान र यात्रुहरूलाई जोखिम उत्पन्न गराउन सक्छ भनि अदालतको कागजातमा भनिएको छ ।
अनुसन्धानसँग परिचित स्रोतहरूले एबीसी समाचारलाई प्रारम्भिक मूल्याङ्कनको आधारमा उपकरणमा ज्वलनशील, विस्फोटकका अंशहरू रहेको बताए ।
गत सोमबार बिहान ११ बजेपछि शंकास्पद पोको फेला परेको र विमानस्थलको मुख्य भवनको अन्तिम स्थल (टर्मिनल)को पश्चिमतर्फको भाग बन्द गरिएको विमानस्थलका प्रवक्ताले बताए ।
पोकोलाई विमानस्थलबाट हटाइयो र बन्द गरिएको भाग दिउँसो २ बजेभन्दा केही समय अगाडि नै पुनः खोलिएको विमानस्थलका प्रवक्ताले बताए।
मफ्लीलाई सोमबार राति उनको घरबाट पक्राउ गरिएको एफबीआईले जनाएको छ। उनलाई विमानस्थलमा विस्फोटक पदार्थ राखेको र विमानमा विस्फोटक वा आगजनी गर्ने यन्त्र राख्ने प्रयास गरेको वा राख्ने प्रयास गरेको अभियोग लगाइएको छ। उनलाई बिहीबार दिउँसो अदालतमा उपस्थित गराइनेछ ।
प्रतिक्रिया