अध्यावधिक गरिएको : ग्रीसमा रेलहरू ठोक्किँदा कम्तिमा ३६ जनाको मृत्यु ,६६ जना अस्पतालमा भर्ना

इनेप्लिज २०७९ फागुन १७ गते ११:४२ मा प्रकाशित

अध्यावधिक गरिएको : उत्तरी ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ। ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिस मध्य ग्रीसको टेम्पीको क्षेत्रमा रेल दुर्घटना भएको घटनास्थलतर्फ गएका छन्

सिएनएनका अनुसार हालसम्म ६६ जनाको अस्पतालमा उपचार भइरहेको छ भने ६ जना सघन उपचार कक्षमा रहेका छन ।

ग्रीस ग्रीस अग्नि नियन्त्रण सेवा (फायर सर्भिस)का अनुसार मंगलबार राति ग्रीसमा दुईवटा रेल एकआपसमा ठोक्किएपछि अहिलेसम्म कम्तिमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।

पीडितहरूको पहिचान गर्ने प्रक्रिया सुरु भएको ग्रीसका स्वास्थ्यमन्त्री थानोस प्लेभ्रिसले बुधबार बिहान भने। लारिसाको अस्पताल बाहिर बोल्दै, प्लेभ्रिसले भने: “हामी पिडित/ घाइतेहरुलाई सकेसम्म मद्दत गर्नेछौं। ”उनले पहिचान प्रक्रियामा “केही कठिनाइहरू” भएको बताएता पनि घायलहरूको अवस्था अपेक्षाकृत राम्रो भएको उनले बताए ।

ग्रीक अग्नि नियन्त्रण सेवा (फायर सर्भिस)का प्रवक्ता भासिलिस वार्थाकोगियानिसले दूरदर्शन सम्बोधन (टेलिभिजन ब्रीफिंग)मा ३५० भन्दा बढी यात्रु बोकेको यात्रुवाहक रेल स्थानीय समय अनुसार मध्यरातमा लारिसा शहर नजिकैको मध्य ग्रीसको टेम्पी क्षेत्रमा मंगलबार साँझ एक मालवाहक रेलसँग ठोक्किएको बताए ।

प्रतिक्रिया