कोलोराडोमा २१५० औं ग्यल्पो ल्होसार भब्यताको साथ सम्पन्न

नातिबाबु भट्ट २०७९ फागुन १६ गते ११:०१ मा प्रकाशित

नातिबाबु भट्ट
फेब्रुअरी २७, २०२३
कोलोराडो, अमेरीका
कोलोराडो निवासी शेर्पा समुदायले आईतबार २१५० औं ग्यल्पो ल्होसार भब्यताका साथ मनाएका छन् ।

कोलोराडो वासी शेर्पा परिवारहरुको साझा संस्था शेर्पा नाङपी छोक्पा कोलोराडोको अयोजनामा उनीहरुले २१५० औं ग्यल्पो ल्होसार मनाइएका हुन् । यहां स्थित वोल्डरमा कोलोराडोको विभिन्न शहरबाट शेर्पा परिवारहरु उपस्थित भई स्याब्रु नाच्दै मनोरञ्जनका साथ ल्होसार सम्पन्न भएको शेर्पा नाङपी छोक्पा कोलोराडोका सचिव निमा शेर्पाले बताएका छन् ।

उक्त समारोहमा स्थानीय वोल्डर शहरका मेयर, कोलोराडोमा सकृय नेपाली संघ संस्थाका पदाधिकारी, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।

ल्होसार कार्यक्रम विहान लामा गुरुहरुबाट धार्मीक पुजापाठ गरी शुरु गरिएको थियो । संस्थाका सचिव निमा शेर्पाले स्वागत मन्तव्य राख्दै संस्थाको उत्पत्ती , उद्धेस्य, सम्पन्न कार्य विवरण, भावी योजना प्रष्ट्याएका थिए । उनले भबिष्यमा कोलोराडोमा शेर्पा गुम्वाको परिकल्पना गरिएको र यसको निर्माणको लागी सदस्यहरुबाट एकलाख पच्पन्न हजार दानगर्ने प्रतिबद्धता आएको जानकारी गराएका थिए ।

। बिहान ११ बजे सुरूभएको कार्यकम दिउसो विविध सांस्कृतीक कार्यक्रम, वेलुका राफल चिट्टाको कार्यक्रम, स्याब्रु नाचगान संचालन भएको थियो । कार्यक्रमको अन्तमा शेर्पा नाङपी छोक्पा कोलोराडोको अध्यक्ष ङावाङ ओङछुले शेर्पाहरूको सांस्कृतिक पर्व ल्होसार भब्यताकासाथ सम्पन्न पार्न सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका थिए । कार्यक्रम राती ११ बजेसम्म रमाईलो नाचगान गर्दै हर्सोउल्लासका साथ सम्पन्न भएको थियो ।

गत जनवरी ५ तारिकका दिन यही संस्था “शेर्पा नाङपी छोक्पा कोलोराडो” को पहलमा कोलोराडो स्टेट भवनमा विश्वको सर्वोच्च शिखर सगरमाथाका सफल अरोही शेर्पाहरूलाइ गर्भनर जारेड पोलिसले सम्मान गरेका थिए ।

सोही अवशरमा कोलोराडो राज्य सरकारले शेर्पाहरुलाई सम्मान गरेको जनवरी ५ तारिकको दिनलाई हरेक बर्ष शेर्पा दिवसको रुपमा मनाउने घोषणा गर्भनर जारेड पोलिसल गरेका थिए ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया