अमेरिकाको ओक्लाहोमामा कम्तिमा ७ वटा घुम्रपात (टोर्नाडो) १२ जना घाइते,क्यालिफोर्नियाको योसेमिटी उपत्यकामा ५५ देखि ८४ इन्चसम्म हिउँ पर्न सक्ने

इनेप्लिज २०७९ फागुन १५ गते ११:५४ मा प्रकाशित

अमेरिकाको ओक्लाहोमा राज्यमा कम्तिमा ७ वटा घुम्रपात(टोर्नाडो) गएको छ भने १२ जना घाइते भएका छन् । यसै गरि अमेरिकाका २० वटा भन्दा बढी राज्यहरुमा निरन्तर आएको हिमपात,चिसोको कारण हजारौ उडानहरु रद्ध भएका छन् । क्यालिफोर्नियाको योसेमिटी उपत्यकामा ५५ देखि ८४ इन्चसम्म हिउँ पर्न सक्ने भबिष्यवाणी गरिएको छ ।

लस एन्जेलस क्षेत्रको पहाडमा ६ फिट भन्दा ज्यादा हिउ परेको छ । सिएनएनका अनुसार अब घुम्रपात ,तीव्र हावा पश्चिम र उत्तर तर्फ बढ्ने र वर्षा र हिउँको अर्को चरणको रूपमा मध्य अमेरिका प्रवेश गर्ने भएको छ ।

मध्य संयुक्त राज्य अमेरिकाका केही भागहरूमा सोमबार पश्चिमी तटदेखि ग्रेट लेक्ससम्मका क्षेत्रहरूमा हिउँ, वर्षा र कडा हावा आउने जनाईएको छ ।

ओक्लाहोमामा कम्तिमा ३०,००० भन्दा बढी ग्राहकहरू सोमबार बिहानै बिजुलीविहीन भएका छन् । क्यान्ससमा मात्रै दुई अन्य घुम्रपात आएको सिएनएनले उल्लेख गरेको छ ।

हावा र असिना सहित १०० भन्दा बढी आएका छन् । मेम्फिस र टेक्सासमा ११४ माइल प्रतिघण्टाको हावा आएको छ । केही घुम्रपात र आँधीबेहेरीले गर्दा इन्डियानापोलिस, सिनसिनाटी र कोलम्बस, ओहायो लगायतका शहरहरूलाई असर गर्न सक्ने समाचारमा उल्लेख छ ।

मंगलबार प्रारम्भमा वाशिंगटन राज्यको क्यास्केड्समा १० इन्च सम्म सहित क्षेत्रभरि भारी हिमपातको पूर्वानुमान गरिएकोले नौ वटा पश्चिमी राज्यहरू सोमबार जाडो मौसमको सतर्कता अन्तर्गत छन ।

क्यालिफोर्नियाको सिएरा नेभाडा पहाडहरूमा हिमपातको चेतावनी जारी छ । योसेमिटी राष्ट्रिय निकुञ्ज गम्भीर मौसमको कारण शनिबार बन्द गरिएको थियो । यो उपत्यकामा बुधबारसम्म ५५ देखि ८४ इन्चसम्म हिउँ पर्न सक्ने निकुञ्जले जनाएको छ।

लगभग २,८४ ००० घर र व्यवसायहरू सोमबार बिहानसम्म मिशिगनम, ग्रेट लेक्स क्षेत्र र अन्य राज्यहरुमा विद्युतविहीन रहेका छन् ।

प्रतिक्रिया