तामाङ्ग सोसाईटी ग्रेटर वाशिंगटन डिसीको तामाङ्ग ल्होछर २८५९ भव्यताका साथ सम्पन्न

इनेप्लिज २०७९ फागुन १४ गते १६:२६ मा प्रकाशित

डिग बहादुर तामाङ्ग । यसपालीको तामाङ्ग सोसाईटी ग्रेटर वाशिंगटन डिसीले सधैं झैं मान्दै आएको सोनाम ल्होछार भिन्नै प्रकारले फरवारी २५ तारिख २०२३ मा बिभिन्न कार्यक्रम तथा सांगितिक कार्यक्रमसाथ भव्यताका साथ सम्पन्न भयो ।

तर यसपालीको ल्होछार बेग्लैखालको भने आयोजकहरुले नेपालमा गत जनवरी महिनाको २१,२०२३ मा घ्याप्सेपूजा घज्र्यू लङतोर राखेर ग्रहदशा पन्छाउने प्रार्थना पूजाको साथै विधिबतरुपमा ल्होछर मनाइएका थिए । परंपरागत रुपले कलाकारहरुको उपस्थितमा डम्फु टुङना र बासूरीको धुन ख्याती कमाएका कलाकारहरुको मिठो स्वर सुनाएर सारा दर्शकहरुलाई नचाउने कामलाई पछि सारेर मौसम अनुकूल पारेर आयोजना गर्ने काम भने बाँकि राखेको थियो, त्यो कार्य हिजो सम्पन्न भयो ।

उक्त सोसाईटीका कार्यकारी अध्यक्ष दावा तामाङ्ग, रोजिघिसिङ हेमकला घिसिङ,नानीदेवि लामा, रत्न तामाङ्ग,राज तामाङ्ग,पूर्व अध्यक्ष उत्तर लामा दोङ पेमा दोङको सकृयतामा हिजो साँझ ६ बजेदेखि थालिइएका कार्यक्रम नौलो खालको थियो ।

पहिलेको जस्तो नेपाली राजदूतावासको प्रतिनिधी थिएन,पहिले कोभिडको महामारी भन्दा पहिले नेपाली राजदूतको उपस्थित हुन्थ्यो । र नेपाल सरकारको तर्फबाट शुभकामाना दिनु हुन्थ्यो तर यसपाली त्यहाँ कोहि राजदूतावासको कोहि प्रतिनिधि देखिएन ।

स्वागत मनतव्य सोसाइटीका अध्यक्षले दावा तामाङ्ग गर्नु थियो । छोटकारीमा ल्होछारको महीमा बारे डा श्याम लामा बलले दिनु भएको थियो । तामाङ्ग सोसाइटी अफ अमेरिकाको वर्तमान अध्यक्ष मोहन वाइवाले यन्जल व्याण्डका राजु लामालाई प्रमाण पत्र वितरण गरेका थिए । पहिलो चरणको मास्टर अफ सेरोमनि चर्चित नायएकी पूजाचन्द लामाले गरेकी थिइन ।

एउटा उत्साहजनक बिशेषता भने त्यहाँ पक्कै थियो, नेपालका प्रसिद्ध संगितकार तथा माधुर्य स्वरका धनि स्वर्गीय गोपाल योन्जनकी छोरी श्रजना योन्जनले आफनी स्वर्गी बाबु गोपाल योन्जनद्घारा रचित ३६६ वटा अजर अमर गीतहरुको पुस्तक उहाँकी श्रीमती रेन्छिन योन्जनले प्रकाशित पुस्तकको बारेमा प्रकाश पार्नु भएको थियो ।

टाशिग्यापाको प्रार्थना पछि संस्थाकी श्रीमती रोजि घिसिङ संन्चालन गरेकी कार्यक्रममा नेपालकी चर्चित कलाकार शशीकला मोक्तो, यन्जल व्यण्डका राजुलामा, टेक्सासदेखि छिरिङ दोङको टङनाको धुन, रत्न तामाङ्ग बाँसुरीको धुन उत्तर लामा उहाँको भाई पेमालामाको गितार डम्फुको तालले दर्शकहरुलाई राम्रै मनोरन्जन दिएको थियो ।

शशीकला मोक्तोन र सन्जोक योन्जनको स्वागत गान तामाङ्ग भाषा गाएको गीतले डम्फूको साथमा बृद्धदेखि नानीसम्मलाई नचाएको थियो । शशीकला मोक्तोन हाल अमेरिकामा साँगितिक भ्रमणमा आएकी हून । यसपाली अर्को विशेष खबर त्यहाँ उपस्थित ४ सयजनालाई खाजादेखि खाना सत्यदेवि लामाको तर्फबाट उपलव्ध गाराएकी थिइन उनलाई पंक्तिकारको तर्फबाट मुरीमुरी धन्यवाद करिब डलर ४,५००। बराबरको खाना ख्वाउन सानुतिनो मनभएको व्यक्तिले गर्न सकिदैन । कोषअध्यक्ष नानीदेवि लामाले सोको जानकारी गराइएकी थिइन ।

त्यस्तै आयोजकले पूल्सभिल गोम्बकी दुइटी जोमास्याहरु भिक्क्षुनीहरुलाई बोलाएर, टाशीग्यापाको मन्त्रलाई सबै उपस्थित भएका दर्शकहरुको मंगलमय प्रार्थना गराउन अर्कै बिशेषता थियो । बज्रायोगीनि नृत्यले एकप्रकारको तरंग न्याएको थियो ।

तामाङ्ग दिपंगत भै सकेका कलाकारहरु,गोपाल योन्जन, अरुना लामा,हीरादेबी वाइब, जयनन्तलामा, योगीता मोक्तोनहरु प्रति सर्मपन जनाउदै बृद्ध डिग बहादुर तामाङ्गले, छिरिङ दोङ,उत्तर लामा, रत्न तामाङ्ग राज तामाङ्गहरुको संगीतमा स्वर्गी हीरादेबि वाइबाले गाएकी गीत “ए स्याङपो” भन्ने बोलको गीत गाएर तामाङ्गहरुको शास्त्रीय पन झल्काएका थिए भने दर्शकहरुले मन पराएको थियो ।

डिग बहादुर तामाङ्ग

प्रतिक्रिया