अध्यावधिक गरिएको : इटालीमा आप्रवासी शरणार्थी बोकेको डुङ्गा डुब्दा कम्तीमा ५८ जनाको मृत्यु

इनेप्लिज २०७९ फागुन १४ गते १५:४४ मा प्रकाशित

अध्यावधिक गरिएको : क्यालाब्रियाको दक्षिणी क्षेत्रको इटालीको तटीय शहर क्रोटोनमा आप्रवासी र शरणार्थी बोकेको डुङ्गा डुब्दा बालबालिकासहित कम्तीमा ५८ जनाको मृत्यु भएको छ । इटालीको तटीय क्षेत्रमा आँधीबेहरीमा १०० भन्दा बढी यात्रु बोकेको डुङ्गा दुर्घटनामा परी कम्तीमा ८१ जनाको उद्धार गरिएको छ ।

अफगानिस्तान, इरान र अन्य धेरै देशहरूका आप्रवासीहरू लिएर केही दिनअघि टर्कीबाट निस्केको उक्त डुङ्गा क्यालाब्रियाको पूर्वी तटमा रहेको समुद्री तटीय रिसोर्ट (आश्रय स्थल )स्टेकाटो डि कुट्रो नजिकै आइतवार आँधीबेहरीमा दुर्घटनाग्रस्त भएको थियो।

मृत्यु हुनेको संख्या ५८ पुगेको प्रान्तीय सरकारी अधिकारी मानुएला कुराले रोयटर्स समाचार संस्थालाई बताइन्। ८१ जना बाँचे, जसमा २० जना अस्पतालमा भर्ना भए जसमा एक जनालाई सघनकक्ष ( आईसियु)मा रहेको उनले भनिन्।

एक जना बाँचेकालाई आप्रवासी बेचबिखनको आरोपमा पक्राउ गरिएको गार्डिया डि फाइनान्जा भन्सार प्रहरीले भने।

कुट्रोका नगर प्रमुख मेएन्टोनियो सेरासोले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताए । बाँचेकाहरू प्रायः अफगानिस्तानका थिए । साथै केही पाकिस्तान र सोमालियाका एक जोडी थिए, उनले भनिन । मृतकहरूको राष्ट्रियता पहिचान गर्न गाह्रो भएको उनले बताइन।

“यी धेरै आप्रवासीहरू अफगानिस्तान र इरानबाट आएका थिए, ठूलो कठिनाइको अवस्थाबाट भाग्दै,” इटालीका राष्ट्रपति सर्जियो माटारेलाले भने।

प्रतिक्रिया