बिरामी र आपतकालीन अवस्थामा उद्धार गर्ने बिमानसेवाले बिरामी लिएर उडे पछि दुर्घटना हुँदा विमानचालक सहित ५ जनाको मृत्यु

इनेप्लिज २०७९ फागुन १३ गते १९:०६ मा प्रकाशित

बिरामी र आपतकालीन अवस्थामा उद्धार गर्ने बिमानसेवाले बिरामी लिएर उडे पछि दुर्घटना हुँदा विमानचालक सहित ५ जनाको मृत्यु भएको छ । केयर फ्लाइट नामक बिमान उक्त दुर्घटनामा परेको छ ।

रेनोबाट ४५ माईल पूर्व नेभाडाको स्टेजकोच नजिक केयर फ्लाइटको विमान दुर्घटना हुँदा गत शुक्रबार बिरामी र बिमानचालक (पाइलट)सहित पाँच जनाको मृत्यु भएको सिबिसी समाचार लेखेको छ । दुर्घटनाको राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धान गर्ने भएको छ ।

उनीहरूले घटनाको बारेमा आइतवार पत्रकार सम्मेलनको आयोजना गर्ने सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।

घटना राति ९:१५ बजे भएको थियो। प्रहरीका अनुसार विमान एन२७३एसएम एकल यन्त्र भएको पिलाटस पिसी -१२ बिमान स्टेजकोच नेभाडाको आइरन माउन्टेन सडक नजिकै फेला पारिएको संघीय उड्डयन प्रशासनका सार्वजनिक मामिला विशेषज्ञ मारिया न्जोकुले बताए ।

जहाजमा रहेका पाँच जना मध्ये कोही पनि बाँचेनन्। जहाजमा रहेका पाँच जना मध्ये एक विमानचालक ,एक उडान स्वास्थ्य परिचारिका,एक उडान स्वास्थ्यकर्मी ,एक बिरामी र एक बिरामीका परिवारका सदस्य पनि थिए ।

प्रतिक्रिया