कहाँ सम्म हेरिरहूँ बाटोमा बसिरहेको…………..

गोबिन्द राज ओझा (राजन) २०७९ फागुन १२ गते १०:५९ मा प्रकाशित

कहाँ सम्म हेरिरहूँ बाटोमा बसिरहेको छु तिम्रो यादमा
तिमिलाई भेटेर केही कुरा भनौँ कि लाग्छ यो बेलामा

वर्षौँ पछि तिमिलाई भेट्ने आशामा बसेको छु
सपनीमा पनि मैले तिमिलाई देखेको छु
यो मनमा खुसी बोकेर बाचेको छु
धेरै समय पछि भेट हुने आशामा रमाएको छु

तिमि सँगको नाता तिमिले बुझ्नुपर्छ
जिन्दगीको गोरेटोमा तिम्रो साथ खोज्नु छ
धेरै हराएको छु म तिम्रो यादमा
देख्न त देखेको थिए तिमिलाई सपनीमा

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया