भर्जिनियाको विशेष निर्वाचनमा जेनिफर म्याक्लेलन बिजयी ,उनि निर्वाचित हुने पहिलो अश्वेत कंग्रेस महिला

इनेप्लिज २०७९ फागुन १० गते २:४५ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको विशेष निर्वाचनमा जेनिफर म्याक्लेलन निर्वाचित भएकी छिन् । उनि यो निर्वाचितसंगै पहिलो अश्वेत कंग्रेस महिला बन्न सफल भएकी छिन् । उनले इतिहास रचेकी छिन भनि एनबिसीन्यूजले समाचार लेखेको छ । उनि अब अमेरिकी प्रतिनिधि सभाको लागि कांग्रेस जिल्ला ४ बाट प्रतिनिधित्व गर्नेछिन।

भर्जिनियाको चौथो कंग्रेसनल जिल्लामा मंगलबार भएको विशेष चुनावमा डेमोक्रेटिक भर्जिनिया राज्यकी सिनेटरले जित हासिल गरेकी छिन् ।

सिनेटर म्याक्लेलनले मंगलबारको विशेष चुनावमा रिपब्लिकन लियोन बेन्जामिनलाई चौथो कंग्रेसनल जिल्लामा हराएकी छिन् । म्याक्लेलनले ६८ र रिपब्लिकनका बेन्जामिनले ३२ प्रतिशत मत प्राप्त गरेका छन ।

गत नोभेम्बरमा पुन: चुनाव जितेको केही समयपछि अर्बुद रोग (क्यान्सर)बाट निधन भएका स्व डोनाल्ड म्याचिनको स्थानमा उनले बाजी मारेकी हुन् ।

यसले अझै पनि मेरो दिमागलाई चकित परेको म्याक्लेलनले एक अन्तर्वार्तामा भनिन । “मेरो पुर्खाहरूले त्यो पाउनको लागि साँच्चै कडा संघर्ष गरे ,म त्यो नीति बनाउने तालिका समुदायहरूमा ल्याउन सक्षम हुनेछु जुन वास्तवमा पहिले कहिल्यै आवाज आएको थिएन ,उनले भनिन ।

“म अन्तिम होइन भनेर सुनिश्चित गर्न जिम्मेवारी महसुस गर्छु,” उनले भनिन्। उनले सांसद (जनप्रतिनिधि)को रुपमा ११ बर्ष सेवा गरिन भने २०१७ देखि राज्य सिनेटकी सदस्य रहेकी थिइन। उनि २०२१ मा गभर्नरमा पनि प्राथमिक चुनावमा उम्मेदवार भएकी थिइन ।

प्रतिक्रिया