बाइडेन पोल्याण्डमा हुदै गर्दा चीनका शीर्ष कूटनीतिज्ञ वाङ यी मस्कोमा आइपुगे

इनेप्लिज २०७९ फागुन ९ गते १७:१४ मा प्रकाशित

बाइडेन पोल्याण्डमा हुदै गर्दा चीनका शीर्ष कूटनीतिज्ञ वाङ यी मस्कोमा आइपुगेका छन ।

बुधबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग मस्कोमा भेटवार्ता गर्ने रुसी राज्यसमाचार सॅस्था टासले मंगलबार रुसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ।

रुसले युक्रेनमा आक्रमण गरेपछि चीनका उच्च कूटनीतिज्ञको यो पहिलो भ्रमण हो ।

गत महिना चिनियाँ नेता सी जिनपिङको शीर्ष विदेश नीति सल्लाहकारमा नियुक्त भएका वाङ आठ दिने अन्तर्राष्ट्रिय भ्रमणका क्रममा यो भ्रमण गर्दैछन ।

रुस र चीनले वाङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने कि नगर्ने बारेमा भनेका छैनन् ।

प्रतिक्रिया