देशलाई कति माया गर्छौ मनबाट भन
देशको बारेमा सोच देशको बारेमा भन
यो देशको इतिहास जोगाउनु छ
हिमाल हेरेर मनलाई रमाउनु छ
देशको विकासको बारेमा सोचौँ,सबैले मनबाट सोचौँ
राष्ट्र निर्माण कार्यमा सारा नेपाली एकजुट भएर लाग्यौ
वीर योद्धा जन्मेको सुन्दर शान्त भूमि हो
यहाँको प्रकृतिले मनलाई लोभ्याउने भयो
सबैमा एकताको भावना हुनुपर्छ
यो देशको उन्नतिमा सबैको ध्यान जानुपर्छ
नेपाल आमाको बारेमा सोच्नुपर्छ
बाजि थापी ज्यानको यो देशको लागि लड्नुपर्छ
गोबिन्द राज ओझा (राजन)
दिपायल डोटी
प्रतिक्रिया