गोपी मैनालीको गहन समालोचनात्मक कृति लोकार्पित

इनेप्लिज २०७९ फागुन ९ गते १:४१ मा प्रकाशित

प्रजातन्त्र दिवसको अवसर पारेर सुरभि साहित्य प्रतिष्ठानले बरिष्ठ निबन्धकार एवम् समालोचक गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ समालोचना सङ्ग्रहको लोकार्पण ग¥यो । विद्वान भाषाविद एवम् कुटनीतिज्ञ प्रा डा जयराज आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व बरिष्ठ साहित्यकार एवम् सुरभि साहित्य प्रटिष्ठानका सल्लाहकार विजय चालिसेले गर्नु भएको थियो ।

कार्यक्रममा कृति समालोचना गर्दै बरिष्ठ साहित्यकार ठाकुर शर्मा भण्डारीले समालोचनालाई शास्त्रीय रुपमा हेर्ने र प्राध्यापकीय कर्मका रुपमा लिने परम्पराबाट माथि उठेर पूर्वीय एवम् पश्चात्य कला मान्यता, दृष्टिकोण, सिद्धान्त, प्रभाव र प्रयोजनको व्यापक आयाममा मैनालीले समालचोना गरेको बताउनु भयो । नेपाली समालोचना विधामा विरलै लेखिएका यस्ता कृतिले समालोचनाको यातन र आयामलाई फराकिलो पारेको सन्दर्भमाथि प्रकाश पार्नु भयो । घाउ आफैलाई दुख्छ निबन्धको बेजोड प्रस्तुती पछि यस समालोचनाले पनि विशिष्ठ पहिचान छाड्न सकेको छ भन्नुभयो ।

कृतिमाथि रौचिरा विश्लेषण गर्दै बरिष्ठ समालोचक डा लेखप्रसाद निरौलाले यस समालोचनाले नयाँ सोच, शिल्प र दृष्टिकोणसाथ समालोचना कस्तो हुनुपर्छ भन्ने दृष्टान्त दिएको छ भन्दै मैनालीको लुकेको समालोचकीय उर्वरता कृतिमा देखिएको छ भन्नुभयो । उहाँका अनुसार ‘अभिव्यञ्जना यात्राप्रति’ ले समालोचनाका क्षेत्रमा नयाँ बहसको शुरुवात गरेको छ । पाठकलाई आफूूभन्दा माथिल्लो श्रेणीमा राखी छुट्टै बैशिष्ट्य देखाएको यस कृतिले सर्जक तथा पाठकहरुलाई बग्लै स्वाद दिएको बताउनु भयो । डा निरौलाका अनुसार मैनालीको समालोचनामा बिषयबस्तुु समालोचकीय, प्रस्तुती निबन्धात्मक र दृष्टिकोण पश्चात्य साहित्यको रहेको छ ।

समालोचनाको शुरुका पाँच भागमा साहित्यिक सिद्धान्त, प्रवृत्ति, कलामूल्य र समाज र साहित्यको सन्दर्भ विवेचना गरिएको र पछिल्ला खण्डमा महाकवि देवकोटा, विश्वेश्वर, पारिजात, विकल र पछिल्ल पुस्ताका सर्वज्ञ वाग्ले, बाजुरामसम्मको साहित्य लेखनको गहन समालोचना गरिएको विषयमा प्रकाश पार्नु भयो ।

बरिष्ठ कवि तथा नेपाल सरकारका पूर्व मुख्य सचिव विमल कोइरालाले मैनालीका सिर्जना र पुुनसिर्जनामा समाजलाई मार्गदर्शन गर्ने ताकत रहेको, प्रज्ञा र अभिव्यञ्जनाको सन्तुलन रहेको छ भन्दै मैनालीका प्रत्येक सिर्जनामा भिन्न स्वाद र बौद्धिकताको गहिराई रहेको उल्लेख गर्नु भयो । प्रमुख अतिथि प्रा डा जयराज आचार्यले गोपी मैनालीको लेखनको बौद्धिक गहिराइबाट आफू पनि परिचित र प्रभाति भएको र उनको सिद्धिचरणका विषयमा लेखिएको कृति र आज लोकार्पित कृतिले आफूलाई पनि समालोचना गर्ने प्रेरणा दिएको छ, आफूपनि छिट्टै समालोचना कृति लेख्ने बताउनु भयो ।

कार्यक्रममा बरिष्ठ सामलोचक एवम् आख्यानकार युवराज मैनालीले गोपी मैनालीको बौद्धिक साधना र सिर्जना कर्म निकै उच्च रहेको, गुरुप्रसाद मैनालीपछि मैनालीहरुमा अर्को स्थापित सर्जक रहेको, उनीबाट नेपाली साहित्यले धेरै आशा गर्नसक्ने कुरा बताउनु भयो । त्यस्तै साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले मैनालीको समालोचनाले समालोचना कस्तो हुनुपर्छ भन्ने दृष्टान्त दिदै समालोचनालाई प्राध्यापकीय क्षेत्रभन्दा फराकिलो संक्षेत्र दिएको उल्लेख गर्नुभयो ।


समालोचक गोपी मैनालीले समाज, साहित्य र सिद्धान्तसाथ आफूले समालोचना कृति तयार पार्दा पश्चात्य साहित्यका होमर, सेक्रेटस, प्लेटो, क्रोचे, जर्ज लेकास, आइ ए रिचर्डसदेखि ईन्द्रबहादुर राई, कृष्णचन्द्रसिंह प्रधान, अभिसुवेदी, डा मुरारी रेग्मीका साहित्यिक सिद्धान्तका मूल्य आधार लिएको उल्लेख गर्दै प्रत्येक समालोचना पछिका पृष्ठभूमि उल्ल्ेख गर्नु भएको थियो । अहिलेको पुस्ता ज्ञानको भोको छ, होनोहार छ, सशक्तीकृत पनि छ, त्यसैले अवको सिर्जना र समालोचनाले युुगीन भोक र चाहचेतलाई संवोधन गर्न नसके सर्जकीय कर्म पूरा नहुुने तर्फ मैनालीले विश्लेषण गर्नुभयो ।

कार्यक्रममा बरिष्ठ साहित्यकार प्रा डा.गार्गी शर्मा, मनकामना दर्शन साहित्य समाजका अध्यक्ष हरिभक्त सिग्देल महेस, व्यूरो ८१ का अध्यक्ष यादव खनाल, जानकी महासचिव शान्तिलक्ष्मी शाक्य, सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम शर्मा, उपाध्यक्ष परसुराम परासरले शुभकामना दिनु भएको थियो । सभाका सभापति विजय चालिसेले समालोचनाका क्षेत्रमा मैनालीको प्रयोगले छुट्टै बौद्धिक चुनौती दिएको बताउनु भयो । समलोचना सङ्ग्रहमा समालाृचना र कला विवेचनाको सैद्धान्तिक पक्षका साथै महाकवि देवाकोटा, विश्वेश्वर, गुुरुप्रसाद, माधव घिमिरे, रमेश विकल, हृदयचन्द्रसिंह, पारिजात, खगेन्द्र लुुइटेल, कलानिधि, विजय चालिसे, तीर्थराज अधिकारी, नरेन्द्रराज पौडेल, श्रीहरि फुुँयाल, हरि अधिकारी, सरुभक्त, मञ्जुल, गिरिराज आचार्य, बाजुराम, सर्वज्ञ वाग्ले, प्रहलाद पोखरेल, वेदमणि, अच्युत घिमिरे, लव गाउँले, युुभल नोह हरारी र हरिभक्त कटुवालका कृति र सिर्जना प्रवृत्तिको गहन समालोचना गरिएको छ ।

मैनालीका अवसाद अभिनयी, युुगकवि सिद्धि चरणः कृति र प्रवृत्ति विश्लेषण, आँखाभरि रमिता मनभरि वेदना, अपेक्षा र अनुुभूूति र घाउ आफैलाई दुख्छ कृतिहरु र दर्जनौ पुटकर कथा, कविता, निवन्ध एवम् समालोचना प्रकाशन भएका छन् । मैनालीको रमेश विकल : समालोचनात्मक अन्वेषण छिट्टै प्रकाशित हुँदैछ ।

कार्यक्रममा नयाँ तथा पूराना पुस्ताका मूर्धन्य साहित्यकार, प्रशासक र साहित्यानुरागीहरुको ठूलो उपस्थिति थियो ।

प्रतिक्रिया