शिवरात्रीको अवसरमा बिश्व हिन्दु महासंघ अमेरिका ईकाई समिति गठन

इनेप्लिज २०७९ फागुन ९ गते १:३३ मा प्रकाशित

शिवरात्रीको अवसरमा बिश्व हिन्दु महासंघ अमेरिका ईकाई समिति गठन भएको छ । अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल शहरमा गत फेब्रुअरी १८ ,२०२३ अर्थात् २०७९ साल फाल्गुण ६ गते बिश्व हिन्दु महासंघ अमेरिका ईकाई समिति गठन भएको हो ।

उक्त क्षेत्रका वयोवृद्ध हृदय राज शर्मा रुपाखेतीको अध्यक्षतामा बसेको बैठकले यस क्षेत्रका सनातन धर्मप्रेमीहरुको भेलाले हिन्दुहरुको महान चाड महा शिवरात्रीको दिन ईकाई समिति गठन गरेको छ ।

यस संस्थाले केन्द्रिय बिधान अनुसार अधिनमा रहि अमेरिकामा सनातन धर्मको रक्षा गर्ने ,यसको ठीक तरिकाले मनाउन लगाउने र विभिन्न संघ/संस्थाहरुसंग मिलेर सनातन धर्मको प्रचार प्रसार गरि भावी पुस्तालाई हस्तान्तरण गर्दै जाने मुख्य उद्धेश्य रहेको छ ।

साथै यसले बिश्व हिन्दु महा संघ अन्तरराष्ट्रिय नेपालको विधानमा रही काम गर्ने छ । गत शनिबार भएको भेलाले कार्यकारी समिति गठन गरेको छ भने समितिका पदाधिकारीहरु यस प्रकार बनेको छ ।

कार्यकारी समिति यस प्रकार छ :

विणा पोखरेल -अध्यक्ष
विजया शाह -उपाध्यक्ष
अरुण रुपाखेती -महा सचिव
कमल पोखरेल -कोषाध्यक्ष
ज्योतिष पण्डित -राजेन्द्र खनाल -सदस्य
ज्ञानेन्द्र गदाल -सदस्य
डा राजीव राज ठाकुर -सदस्य

यसैगरी सल्लाहकारहरुमा क्रमस : डा दुर्गा पोखरेल ,डा अच्युत शर्मा, हरि शर्मा ,ददिराम ढुंगाना र भरत रेग्मी रहनु हुने निर्णय गरिएको छ । यो समितिले क्रमस अमेरिकाको ५० वटै राज्यहरुमा शाखा विस्तार गर्दै जाने र शाखाका प्रमुख कार्य समितिमा पदेन सदस्य समेत रहने व्यवस्था पनि पारित गरेको छ ।

बैठकको अध्यक्षता वयोवृद्ध हृदय राज शर्मा रुपाखेतीले गर्नु भएको थियो भने कार्यक्रम संचालन निलकण्ठ सुबेदीले गर्नु भएको थियो । विणा पोखरेल तथा बिजया शाहबाट पानसमा बत्ती बालिएको थियो । त्यसै गरि भरत रेग्मीले तुल(ब्यानर) उद्घाटन गरि कार्यक्रमको सुरुवात गरिएको थियो ।

गुरु द्वय डिल्ली राम अधिकारी तथा आनन्द लुइँटेलबाट उद्घाटन अवधि भर पूजा पाठ गर्नु भएको थियो । भेलामा अरुण रुपाखेतीले सनातन धर्म शृष्टिकाल देखि नै चलि आएको संसारको सबै भन्दा पुरानो धर्म हो । त्यतिबेला दानवहरुले र अहिले आएर परचक्रीहरुको हातबाट आक्रमण हुदै आएको छ त्यसैले बिश्व भरि नै सनातन धर्मावलम्बी यसमा चनाखो रही आ आफ्नो क्षेत्रबाट सनातन धर्मको रक्षा गर्नु पर्ने र ठीक तरिकाले मनाउनु पर्ने बताउनु भयो ।

त्यसैले नै महा शिभा रात्रीको पवन अवसरमा पारेर यो संस्था स्थापना भएकोले अब भबिष्यमा पनि बिश्व हिन्दु महासंघको अमेरिकामा बार्षिक कार्यक्रम महा शिवरात्रीको दिन हुने जानकारी गराउनु भयो ।

यसैगरी बिजया शाहले यस्तो पवित्र संस्था अमेरिकामा स्थापना हुनु ज्यादै खुसीको कुरा हो भन्नु भयो । विणा पोखरेलले आफ्नो बाल्यकाल देखि नै महा शिवरात्रीमा पूजा व्रत गर्दै आएकोले जीवनमा ठूलो रोग लागि जीवनको अन्तिम अवस्थामा पुगेर पनि भगवानले बचाई पुनर्जीवन दिनु भएकोमा आफ्नो जीवन यस्तैमा बिताउने बताउनु भयो ।

अर्का सहभागी विजय सिंहले मिथिला संस्कृतिले हिन्दु परम्परा बचाई राखेको बताउनु भयो। उहाले संसारका सबै धर्महरुको उत्त्पति पुरानो धर्मनै सनातन धर्म हो भन्नु भयो ।

त्यस्तै समाजसेवी लक्ष्मी गौडेलले रुपाखेती लामो समय देखि यस्तामा लाग्दै आउनु भएकोले संघलाई सहयोग गर्ने बताउनु भयो । यसै क्रमस धर्मेन्द्र ठाकुर,मोहन यादवले समेत राम्रो कुराको सुरुवात भएको बताउनु भयो । साथै समाजसेवी चेतन सिटौलाले शिवको महिमा र ओम अर्थको बारेमा ब्याख्या गर्नु भएको थियो ।

अन्त्यमा अध्यक्षता गर्नु भएका हृदय राज शर्मा रुपाखेतीले सबैलाई धन्यवाद दिनु भयो ।

प्रतिक्रिया