एकजना साहित्यकार सामाखुसीमा पहिलोपटक मलाई भेट्न भनेर आइपुग्नु भयो । हामी दुईबीच सडकमा भेट हुन पुग्यो । सडकमा भेट भएपछि सडकमा उभिएर के गफ गर्ने जाउ न कुनै चिया बेच्ने पसलभित्र बसेर चिया पिएर गफगाफ गरौं उहाँले भन्नुभयो । मैले जाउ न त एउटा चिया बेच्ने होटलभित्र बसेर एकएक कप चिया पिउदै गफ गरौ भनेर एउटा होटलभित्र पस्यौ ।
होटलभित्र पसेपछि दुईकप चिया मगाएर करिब आधा घण्टाजति गफ ग¥यौ । हामी छुट्टिने बेलामा दुईकप चियाको कति भयो भनेर सोधे । दुईकप चियाको जम्मा एकसय तीस रुपैँया मात्रै भयो पसलको साहुले भने ।
दुईकप चियाको एकसय तीस रुपैँया कति सस्तो रहेछ तपाईकहाँ चियाको मूल्य मैले हाँस्दै भने । यहाँ अन्तभन्दा सस्तो छ चिया दाजु साहुले भने । अरु होटलभित्र गयौ भने एकसय तीस रुपैँयाले त एकएक प्लेट चाउमिनको साथै एकएक कप चिया आउँछ नि मैले भने ।
चियाको पैसा कति भनेर हामी होटलभित्र छिर्नेबित्तिकै सोध्नु पर्ने रहेछ अबदेखि तपाईकहाँ चिया पिउन बेला बेलामा आउँछौ फेरि । धन्दा मान्नुपर्दैन साहुजी मैले हाँस्दै भने ।
सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं
प्रतिक्रिया