चीनले युक्रेनको लागि शान्ति योजना प्रस्ताव गर्ने

इनेप्लिज २०७९ फागुन ६ गते १४:५३ मा प्रकाशित

चीनले युक्रेनको लागि शान्ति योजना प्रस्ताव गर्ने बताएको छ ।

बेइजिङ युक्रेनको लागि आफ्नो शान्ति प्रस्ताव प्रस्तुत गर्न तयार रहेको शीर्ष कूटनीतिज्ञले शनिबार म्यूनिख सुरक्षा सम्मेलनमा घोषणा गरेका छन् ।

एक दुर्लभ टिप्पणीमा युक्रेन द्वन्द्वलाई युद्धको रूपमा उल्लेख गरिएको भनि सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङका शीर्ष विदेश नीति सल्लाहकार वाङ यीले भने, ‘यो युद्ध जारी रहन सक्दैन।

चीनको प्रस्तावमा सबै देशको क्षेत्रीय र सार्वभौमसत्ताको अखण्डतालाई सम्मान गरिने वाङले बेइजिङले शान्तिका लागि काम गरिरहने बताए।

हामी पक्कै पनि यस प्रकारको अन्तर्राष्ट्रिय सम्मेलनहरूमा हाम्रो स्थितिलाई अझ आवाज बुलन्द जारी राख्न सक्छौं । हामीले शान्तपूर्वक सोच्न थाल्नुपर्छ र विशेष गरी युरोपका मेरा साथीहरूका लागि भन्दै सुझाव दिए ।

“हामीले यो युद्धलाई अन्त्य गर्न के प्रयास गर्न सक्छौं भनेर सोच्न आवश्यक छ,” वाङले थपे।

प्रतिक्रिया