टर्की-सिरियामा आएको विनाशकारी भूकम्पमाबाट ज्यान जानेको कूल संख्या ४५ हजार ४ सय नाघ्यो

इनेप्लिज २०७९ फागुन ६ गते १३:५९ मा प्रकाशित

टर्की-सिरियामा आएको विनाशकारी भूकम्पमाबाट ज्यान जानेको कूल संख्या ४५ हजार ४ सय नाघेको छ ।

टर्कीका उद्धारकर्ताहरूले ठूलो भूकम्पले हजारौंको ज्यान लिएको १३ दिनपछि भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै निकालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

हाते प्रान्तको राजधानी अन्टाक्यास्थित कनाटली आवासगृह मुनि पुरिएका पुरुष, महिला र बालकलाई २९६ घण्टापछि रुग्ण वाहिनी (एम्बुलेन्स)मा सारिएको हो । गत फेब्रुअरी ६ मा टर्की र सिरियामा गएको भूकम्पका कारण ४५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने लाखौं मानिस आश्रयविहीन भएका छन् ।

टर्कीमा अहिलेसम्म मारिनेको कुल संख्या ३९ हजार ६७२ रहेको छ भने सिरियाली सरकार र संयुक्त राष्ट्रसंघले त्यहाँ ५ हजार ८ सयभन्दा बढी मानिसको मृत्यु भएको बताएको छ ।

उद्धार टोलीहरूले चिसो मौसममा भग्नावशेषमुनि यति लामो समयसम्म फसेका अतिरिक्त सबै बाँचेकाहरूको व्यापक खोजिरहेका छन ।

टर्कीका उद्धारकर्ताहरूले शुक्रबार एक ४५ वर्षीय व्यक्तिलाई भग्नावशेषबाट निकालेका थि । यसै गरि १४ वर्षीय बालक सहित तीन जनालाई भग्नावशेषमुनि जिउँदै फेला पारेका छन् ।

यसैबीच, शनिबार घानाका भकुण्डो खेलाडी क्रिस्चियन अत्सु दक्षिणी टर्कीमा बस्ने भवनमुनि मृत फेला परेका थिए ।

प्रतिक्रिया