अमेरिका र दक्षिण कोरियाले अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

इनेप्लिज २०७९ फागुन ६ गते ११:४७ मा प्रकाशित

अमेरिका र दक्षिण कोरियाले अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ ।

दक्षिण कोरियाको सेनाले शनिबार उत्तर कोरियाले आफ्नो राजधानीबाट समुद्रतर्फ एउटा संदिग्ध लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरिया र अमेरिकालाई उनीहरूको संयुक्त सैन्य अभ्यासमा कडा कदम चाल्ने धम्की दिएको एक दिन पछि उक्त क्षेप्यास्त्र प्रहार गरेको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

सियोलका संयुक्त सेना प्रमुख प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल )साँझ ५:२२ मिनेटमा प्रहार गरिएको बताए। सुनानको एउटा क्षेत्रबाट प्योङयाङको अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र जहाँ उत्तर कोरियाले हालैका वर्षहरूमा आफ्ना अधिकांश अन्तरमहादेशीय प्राक्षेपिक क्षेप्यास्त्र परीक्षणहरू गरेको थियो । दक्षिण कोरियाली सेनाले तुरुन्तै त्यो कहा अवतरण भयो भन्ने बारेमा बताएका छैनन भनि एबिसीन्यूजले समाचारमा जनाएको छ ।

उत्तर कोरियाको विदेश मन्त्रालयले गत शुक्रबार आफ्ना प्रतिद्वन्द्वीहरू विरुद्ध “अभूतपूर्व” कडा कारबाही गर्ने धम्की दिएको थियो । जब दक्षिण कोरियाले उत्तरको बढ्दो धम्कीप्रति उनीहरूको प्रतिक्रियालाई अझ प्रतिकार गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिकासँग योजनाबद्ध सैन्य अभ्यासहरूको श्रृंखला घोषणा गरे पछि आज क्षेप्यास्त्र प्रहार भएको हो ।

जापानका रक्षा उपमन्त्री तोशिरो इनोले उक्त क्षेप्यास्त्र ओशिमा टापुबाट करिब २०० किलोमिटर (१२५ माइल) पश्चिममा रहेको जापानको विशेष आर्थिक क्षेत्र भित्रको पानीमा खसेको अनुमान गरिएको बताए । ओशिमा होक्काइडोको उत्तरी मुख्य टापुको पश्चिमी तटमा अवस्थित छ।

दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलको कार्यालयले उनका राष्ट्रिय सुरक्षा निर्देशक किम सुङ-हानले प्रक्षेपणबारे छलफल गर्नको लागि आपतकालीन सुरक्षा बैठकको अध्यक्षता गरिरहेको बताएको छ। जापानी प्रधानमन्त्री फुमियो किशिदाले टोकियोले प्रक्षेपण को बिषयलाई लिएर वाशिंगटन र सियोलसँग नजिकबाट कुराकानी गरिरहेको बताए ।

उनले “अन्तर्राष्ट्रिय नियम बिरुद्ध उत्तेजित गर्ने हिंसाको कार्य” भनेर ब्याख्या गरे ।

प्रतिक्रिया