अमेरिकी विदेश सचिव ब्लिन्केनद्वारा मोल्डोभा विरुद्ध रुसको षड्यन्त्रको बारेमा गहिरो चिन्ता व्यक्त

इनेप्लिज २०७९ फागुन ६ गते ०:२३ मा प्रकाशित

अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनद्वारा मोल्डोभा विरुद्ध रुसको षड्यन्त्रको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।

ब्लिन्केनले शुक्रबार अमेरिकाले मोल्डोभाको सरकारलाई अस्थिर बनाउन रुसको प्रयासको बारेमा “गहिरो चासो” राखेको बताएका छन् ।

मोल्दोभाका राष्ट्रपति माइया सान्डुले यस हप्ताको सुरुमा रुसले मोल्डोभामा सत्ता पल्टाउने कु को योजना बनाएको बताएपछि यो भनाई आएको हो।

म्युनिख सुरक्षा सम्मेलनको नजदिक जर्मनीमा सान्डुसँगको भेटघाटमा ब्लिन्केनले भने, “हामीले सरकारलाई अस्थिर पार्ने प्रयास गर्न रूसबाट आएका केही षड्यन्त्रहरूको बारेमा गहिरो चासो राखेका छौं।” “हामी मोल्डोभाको सुरक्षा, यसको स्वतन्त्रता, यसको क्षेत्रीय अखण्डता, राष्ट्रपति र सरकारले गरिरहेको धेरै महत्त्वपूर्ण सुधार प्रयासहरूको समर्थनमा दृढ रूपमा उभिन्छौं।”

सान्डूले २०२२ लाई “मोल्डोभाका लागि अविश्वसनीय रूपमा कठिन वर्ष” को रूपमा वर्णन गरिन । र, ऊर्जा, अर्थव्यवस्था र सुरक्षा लगायत असंख्य चुनौतिहरूको सामना गर्न अमेरिकाले सहयोग गरेकोमा धन्यवाद समेत दिएकी छन् ।

मोल्डोभा किन महत्त्वपूर्ण छ: युक्रेन र रोमानियाको बीचमा अवस्थित मोल्डोभा दोस्रो विश्वयुद्धको अन्त्यमा सोभियत संघको हिस्सा थियो।

मोल्डोभाले स्वतन्त्र राज्य बन्ने वा रोमानियासँग विलय गर्ने कुनै पनि प्रयासको विरोध गर्दै यस क्षेत्रले १९९० मा आफूलाई सोभियत गणतन्त्र घोषणा गर्‍यो । त्यसको अर्को बर्ष मोल्डोभा स्वतन्त्र भएको थियो ।

रूसले तुरुन्तै ट्रान्सनिस्ट्रियामा आफूलाई तथाकथित “शान्ति सेना” को रूपमा घुसायो र त्यहाँ मस्को समर्थक पृथकतावादीहरूलाई समर्थन गर्न सेना पठाएको सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया