काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ माघ २८ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-५०” सम्पन्न भएकाे छ। ” छन्दमा टुक्का अभ्यासशाला ” मा सञ्चालन भएकाे उक्त कार्यक्रममा छन्द प्रशिक्षकद्वय अनिल खग्रास र रामशरण न्याैपानेले प्रशिक्षण गर्नु भएकाे थियाे । अभ्यासमा विश्वका विभिन्न देशहरूबाट २० नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सहजीकरण टुक्का साहित्य समाजका अध्यक्ष तथा परिकल्पनाकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।
विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकासगरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ छन्दमा टुक्का कविता लेखन अभ्यास श्रृङ्खला सञ्चालन भइरहेकाे छ । यस श्रृङ्खलाका सहभागीहरूले वार्णिक छन्द अन्तर्गत रूपामाली छन्दमा अभ्यास गर्दै टुक्का कविताहरू सिर्जना गरेका थिए।
कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षकद्वय खग्रास र न्याैपानेले प्रयाेगवादी नव काव्यिक उपविधा टुक्का कवितामा छन्दकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि छन्दमा काव्य सिर्जना गर्न प्रेरित गर्दै नेपाली भाषा साहित्यकाे जगेर्ना गर्ने प्रयास गरिएकाे जानकारी गराउदै उत्साहपूर्वक सहभागी भई रूपामाली छन्दमा सुन्दर टुक्का कविताहरू सिर्जना गर्नुभएका सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
रूपामाली छन्द
गण- म म म
सङ्केत- SSS SSS SSS
(चार अक्षर पछि विश्राम)
अभ्यासका क्रममा सङ्कलन भएका रूपामाली छन्दमा सिर्जना गरिएका केही टुक्का कविताहरू
[१]
आनीबानी आहा! क्या राम्रो,
सानी बैनी लक्ष्मी हुन् हाम्रो।
• अनिल खग्रास
[२]
१.
रोजे बाटो, जो नेपालीले
साटो हाले, पापी जालीले।
२.
गाई साँढे, तोरीबारीमा
गोठाला छन्, जोडी घारीमा।
• रामशरण न्यौपाने
भक्तपुर
[३]
खाेजेकाे थेँ , अङ्गालाे बेर्ने,
पीडा पाएँ, धाेकाे नै फेर्ने ।
• ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[४]
१.
वास्ता खै माटो थोत्रो पार्दा
दुख्दैनन् मन्त्री माटो हार्दा ।
२.
माया गर्ने बाबा आमाको
तर्कारी हो मीठो तामाको ।
• चूडा निर्भिक
[५]
आहा खोजेथेँ डाहा पाएँ
साँच्चै ठूलाे पाे धाेका खाएँ।
• त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[६]
पोको पार्ने बाटो नै रोज्यौ
लुट्दै सारा नाफा नै खोज्यौ ।
• प्रेम थापा “मन”
बागलुङ
[७]
१.
हाँसेको बोलेको मज्जाले
मर्छ्यौ पो क्यारे हौ लज्जाले ।
२.
प्यारीको मायाले लौ माऱ्यो
मर्स्याङ्दी खोला तीरै ताऱ्यो ।
• गुणनिघि घिमिरे
काठमाडौ
[८]
१.
तिम्रो माया धेरै भो टाढा,
लाग्ने व्यर्थै साह्रै नै गाढा ।
२.
पापै लाग्ला एक्लै हेलामा,
माया गाँस्यौ छुट्ने बेलामा।
• भगवती दवाडी
झापा
[९]
१.
टाढा जाने,मायाको चोयो,
पोको खोल्दा,छायाँले छोयो ।
२.
बेथा तीतो ,खप्दै आएको,
कस्तो होला,चोला पाएको।
• होम प्रसाद नेउपाने
धरान, सुनसरी
[१०]
छाेरा छाेरी आँखाका नानी,
माया गर्छौ हामी लाै जानी।
•शाेभा आचार्य गाैतम
काठमाडौँ
[११]
छोपेको आमाको मायाले,
संसारै ढाकेको छायाँले ।
• जमुना आचार्य
सिन्धुपाल्चोक
[१२]
धेरै प्यारो, चौतारी छाया,
ज्यादै न्यानाे, आमाको माया ।
• आर्त अकुलीन
कैलाली
[१३]
हाँस्दै यी जाँदै टाढा टाढा
गासेका माया गाढा गाढा।
• कपिल किशोर घिमिरे
दाङ्ग,हाल कैलाली ।
[१४]
१.
कस्तो तिम्रो याे चालामाला
मायाँ भन्दै पाे जाेड्छाै गाला ।
२.
किर्ना जस्तै नेता छन् छाेटा
पैसा मात्रै लुट्दैछन् माेटा।
• इन्दिरा प्रयास
सानाेठिमी भक्तपुर
[१५]
१.
गोली भन्दा चर्को भो बोली ,
चालामाला बिग्रेला पोली ।
२.
कालो गोरो भन्दैछौ राजा,
साच्चै तिम्रो बज्ने भो बाजा ।
• बिबस पारदर्शी
झापा
[१६]
१.
सानी नानी तालैको पानी,
बोल्दाखेरि नै ज्यानै जानी ।
२.
सानीले पासैमा पारौली,
तिम्रो माया जालै सारौली।
• रामप्रसाद पुरी
बादेल खोटाङ।
[१७]
नेता जस्तो सस्तो बोलीले,
भो के हेप्छौ लग्ला खोलीले।
• म्यामराज राई
भोजपुर
[१८]
१.
बाटोमा भेटेरै ब्युझायौ
मारेरै फालेको ब्युतायौ ।
२.
हाँस्दै खाजा पोल्टामा बोकी
आयौ आफैँ मेलामा भोकी।
• अम्विका अधिकारी
झापा विर्तामोड
[१९]
१.
हान्छौँ जैले मौकामा चौका
हाँकी राख्छौँ सत्ताको नौका।
२.
हाँस्दा हाँस्दै झुक्यायौ पैले
स्वार्थी रैछौ मुक्कायौ ऐले ।
• बाबुराम गौतम
गुल्मी
[२०]
१.
बाटो खोजे, है नेपालीले ,
फाटो हाले केही जालीले ।
२.
नाच्दै गाए , तोरी बारीमा ,
केके भन्दै , आए सारीमा।
• बेदु न्यौपाने
काठमाडौँ
::::: जय टुक्का! जय साहित्य!! :::::
प्रतिक्रिया