छोरी हु म किराती को

इनेप्लिज २०७९ फागुन ५ गते १२:०२ मा प्रकाशित

ममता खालिंग राई

छोरी हु म किराती को
लाउछु शिरफुल सिरमा
इज़्ज़त राख्छु किराती कै
दिन्न मैले गिर्ना ॥

चिनाउनेछु देशको नाम
फिजाउने छु राम्रो कुरा
बचाई राख्न लागी पर्छु
संस्कृति र संस्कार ॥

छोरी हु म किराती को
भाषा बोल्छु आफ्नै
शिर उठाउछु पुर्खाहरुको ,
सबको गर्छु भलाई ॥

पुजा गर्छु पितृहरुको
रक्षा संस्कृतीको ॥
चिनाउनेछु किरात धर्म
फिजाउने छु संस्कार ॥

छोरी हु म किराती को
लाउछु ढुंग्री मुन्द्री
सिकाउछु रितीरिवाज
फिजाउछु किराती कै ध्वुनी ॥

छोरी हु म किराती को
हिमायती किरात कै
लेख्छु गित इतिहासको
किरातहरुकै योगदानको ॥॥

गाउछु गित इतिहासको
पुर्खाहरु कै योगदानको ॥॥

प्रतिक्रिया