अपएबिलिटी फाउनडेसनले व्हिलचेयर र्याली फन्डरेजिङ्ग कार्यक्रम भर्जिनियामा गर्दै

इनेप्लिज २०७९ फागुन ५ गते २:३७ मा प्रकाशित

अपएबिलिटी फाउनडेसनले व्हिलचेयर र्याली फन्डरेजिङ्ग कार्यक्रमको आयोजना भर्जिनियामा गर्ने भएको छ । भर्जिनियाको स्प्रिन्ग्सफिल्डमा उक्त कार्यक्रमको आयोजना गरिने छ भने उक्त कार्यक्रममा नेपाली समुदाय तथा बिदेशीहरुमा पनि प्रसिद्ध एवरेस्ट मोमो प्लसको अत्यन्तै स्वादिलो मोमोको स्वाद लिन पाइने छ ।

उक्त कार्यक्रममा एवरेस्ट मोमो प्लसको मोमो २५ डलरमा खरिद गर्नु पर्ने छ । कर्यक्रमको आतिथ्यता एवरेस्ट मोमो प्लसले गर्नेछ ।

कार्यक्रम आगामी फेब्रुअरी १९ का आइतबारका दिन १२ बजे दिउसो देखि ५ बजे साँझ सम्म हुनेछ । तर फेब्रुअरी १८ सम्म पहिले नै नाम दर्ता गराई सक्नु पर्नेछ ।

अग्रिम दर्ता गर्न यहाँ थिच्नु होला :

https://www.evite.com/event/02EBKVOZTDYNFIHUCEPNTM47LW5K4I/?fbclid=IwAR1fQ6EoV0Xp_bnyoBukWjcICBs39ASvd_oAZg6fWo0MGac3r1TuwcMXLg4

अपएबिलिटी फाउनडेसन के हो :

ले अपाङ्गता भएका व्यक्तिहरूको सर्वाङ्गिण विकास गरी समाजमा सम्मानजनक उपस्थिति कायम गर्न एवं संस्थाका विभिन्न कार्यक्रमहरू मार्फत त्यस्ता व्यक्तिहरूलाई नेतृत्व तहमा पहुँच पु¥याउन लगायत शारिरीक एवं मानसिक रुपमा फरक ढंगबाट अपाङ्गता भएका व्यक्तिहरू प्रतिको आम जनमानसको धारणा एवं दृष्टिकोणमा आमूल परिवर्तन ल्याई त्यस्ता व्यक्तिहरूको जीवन प्रतिष्ठित, सहज एवं सम्मानित बनाई सामाजिक विभेदमुक्त समाजको निर्माण गर्न गराउन कार्यहरु गर्दै आएको छ ।

अपाङ्गता भएका व्यक्तिहरु विभिन्न स्वास्थ समस्याका कारण चाडै मृत्युको नजीक पुगेकाहरुलाइ उपचार तथा मेरुदण्डमा चोट लागी अपाङ्गता भएका ब्यक्तीहरु लाई दिशा पिशाब ब्यबस्थापनमा सहयोग गर्दै आइरहेको छ । त्यसैगरि अपाङ्गता भएका ब्यक्तीहरुको बालबालिका लाई छात्रबृत्ति दिदै उनिहरुलाई शिक्षित बनाउन अहम भुमिका खेल्दै आईरहेको छ ।

यस फाउण्डेसनको स्थापनाकाल देखिनै हामीले नेपालका अपाङ्गता भएका व्यक्तिहरूलाई चिकित्सा र व्यक्तिगत हेरचाह आपूर्तिहरू उपलब्ध गराउन प्रत्येक वर्ष कोष सङ्कलन कार्यक्रमहरू आयोजना गर्दै आएका छौं । २०२२ मा, हामीले विद्युतीय ह्वीलचेयर दान गर्न पर्याप्त रकम जुटाउन सफल भएका थियौ ।

यसैगरि हामीले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अबसरमा नेपाल स्पाइनल कर्ड इन्जरि स्पोर्टस ९ल्क्ऋक्ष्क्ब्० नामक संस्थासंग सहकार्य गरि ह्वीलचेयर ¥यालीको आयोजना गर्न पनि सफल भएका छौ ।

यसैगरि हामीले अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क ग्राफिक डिजाइनिङ कक्षाहरू निरन्तर सुचारु गर्दै अएका छौँ ।हामीले हाम्रो उदेश्य प्राप्तिका लागि नेपालमा यस फाउण्डेसनको तर्फ बाट नेपाल प्रतिनिधि खटाइ हामीले एक समुह गठन गरी उनीहरुको क्षमता अभिवृदि गरी उनीहरुलाई आफ्नो हक अधिकारको निम्ति सरोकारवाला निकायमा वकालत गर्न गराउन र नेपालमा अपांगता भएका ब्यक्तीहरुको निम्ती आवाज बुलन्द गराउन एक संस्थाको स्थापना गाराउन पनि सफल भएका छौ।

भोलिका दिनमा अन्तराष्ट्रीय तथा राष्ट्रीय अपांगता नीति हरु कार्वान्यन गर्न गराउन सम्बन्धित निकायमा उहाहरुको अहम भूमिका हुनेछ भन्ने अपेक्षा हामीले लिएका छौ र उहाहरु त्यस कार्यतर्फ अगि बढिसक्नु भएको जानकारी हामीले पाएका छौ ।

प्रतिक्रिया