दार्जिलिङ,
१४ फ्रेबुअरी २०२३,
शब्द समय सालबारी (दार्जिलिङ) को आयोजनामा स्थानीय गोम्देन टीबारको सविता गोम्देन साहित्य कक्षमा एक समारोहकाे बिच भारतबाट प्रकाशित प्रथम टुक्का कविता सङ्ग्रह “तरङ्गित छालहरू” काे लाेकार्पण भएकाे छ ।
विशिष्ट साहित्यकार नरबहादुर दाहालकाे अध्यक्षता तथा प्रसिद्ध गीतकार / कवि मदन ओझाकाे प्रमुख आतिथ्यमा सञ्चालन भएकाे उक्त कार्यक्रमकाे सञ्चालन कवि-गजलगो एवं ओन लाइन पत्रिका दार्जीलिङ टक्सका सम्पादक शैलेन्द्र समदर्शीले गर्नु भएकाे थियाे ।
नेपाली भाषा साहित्यमा नव प्रयाेगकाे रुपमा रहेकाे दुई हरफकाे कविता टुक्का कविताकाे भारतबाट प्रकाशन भएकाे प्रथम पुस्तक ‘तरङ्गित छालहरू’ का सर्जक कवि / टुक्काकार राजेन्द्र पासाको टुक्का कविता सङ्ग्रह कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथि तथा उपस्थित सम्पूर्ण सर्जकहरूका बाहुलीबाट उक्त टुक्का कविता सङ्ग्रह ‘तरङ्गित छालहरू’ लोकार्पण गरिएकाे हाे ।
कार्यक्रममा बाेल्दै कृतिकार राजेन्द्र पासाले टुक्का कविताको परिचय प्रस्तुत गर्दै टुक्का कविता लेखनको परिकल्पना काठमाडौँका साहित्यकार ताराप्रसाद चापागाईँले गर्नु भएकाे र नेपालबाट टुक्का कविताका सङ्ग्रहहरू यस अघि नै प्रकाशित भएता पनि भारतबाट किताबी रूपमा प्रकाशित याे नै प्रथम टुक्का कविता सङ्ग्रह भएकाे जानकारी गराउँदै आफ्ना सिर्जनाहरू वाचनका साथै आफूलाई सहयोग, हौसला र प्रेरणा दिने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्नु भएकाे थियाे ।
कार्यक्रममा कवि-अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवड़ा, प्रख्यात अभिनेता टङ्क शर्मा, वरिष्ठ कवि मोहन ठकुरी, सर्जक मणिकुमार प्रधान, युग्मककार कालूसिंह रनपहेंली, कवि-अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवड़ा, प्रतिष्ठित कवि अजय थापा, कवि ग्रेसी राई थुलुङ, कवि अमिता अणु, कवि दिवाकर शर्मा, अवकाशप्राप्त चिया उद्योगका अधिकारी अरूण कुमार गोम्देन, वरिष्ठ साहित्यकार डी.एस. बम्जन, कवि हेमन्त काफ्ले, अनन्त गोम्देन, राजकुमार प्रधान आदि साहित्यकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि मदन ओझाले शब्द समयमा उपस्थित भएर रचना वाचन तथा श्रष्टा भेटघाटकाे अवसर जुटेकाेमा खुसी व्यक्त गर्दै कार्यक्रम आयाेजक प्रति धन्यावाद व्यक्त गर्नुकाे साथै कृतिकार राजेन्द्र पासालाई बधाई दिनुभएकाे थियाे ।
कार्यक्रममा विभिन्न सर्जकहरूले विभिन्न विधाका सिर्जनाहरू वाचन गर्नु भएकाे थियाे ।
प्रतिक्रिया