भूकम्प गएको १० दिनपछि टर्कीमा भग्नावशेषबाट एक किशोरको उद्धार गरिएको छ ।
टर्की दर छिमेकी सिरियामा भूकम्पमा परी ४२,००० भन्दा बढी मानिसको ज्यान गएको १० दिनपछि बिहीबार टर्कीमा एक किशोरीलाई भग्नावशेषबाट जिउँदै निकालिएको छ । अझै बेपत्ता भएका परिवारहरू अझै आफ्नो परिकारका सदस्यहरुलाई पर्खिरहेका छन्।
फेब्रुअरी ६ मा गएको ७.८ परिमाण (म्याग्निच्युड)को भूकम्प गएको २४८ घण्टापछि १७ वर्षीय किशोरलाई टर्कीको दक्षिणपूर्वी कहरामनमारास प्रान्तमा उद्धार गरिएको छ ।
टर्कीको आधुनिक इतिहासको सबैभन्दा घातक भूकम्पबाट मृत्यु हुनेको संख्या ३६,१८७ पुगेको अधिकारीहरूले बताएका छन्। सिरियामा संख्या ५,८०० भन्दा ज्यादा मानिसहरुको ज्यान गइ सकेको छ ।
प्रतिक्रिया