परशुराम भण्डारी । एन आर एन सबैको साझा सस्था हो , यो सस्थामा सबै जोडिनु पर्छ । सस्थाको सदस्य बनिरहदा स्थाई सदस्य अर्थात् आजीबन सदस्य बन्नु पर्छ भनेर यहांहरुलाई फोन गरेको म्यासेज गरेको पनि आज २ बर्ष भए छ । हो मैले २०२१ साल फाल्गुन १-१५ सम्म एउटा अभियान शुरू गरें थें ।
त्यसका कारणले नै भर्जिनियामा आजीबन सदस्य बढेका हुन भनेर म ठोकुवा ता गर्दिन तर दावा गर्छु कि म संबद्द बिभिन्न संघ सस्थाका अधिकांश साथीहरु त्यही आह्नान पछि सस्थाको आजीबन सदस्य बन्नु भयो । २०२१ फाल्गुन १ गते पूर्ब भर्जिनियामा ७० जना आजीबन सदस्यहरू रहेकोमा हाल आएर करीव ३०० सदस्य भएका छौ ।
एन आर एन भर्जिनिया च्याप्टरको मान्यता पाउन अब १ जना पनि सदस्य भएनन भने पनि हामी सधैका लागि च्याप्टरका लागि योग्य भएका छौ । मैले अभियान शुरू गर्दा भनेकै यही थिएं कि कमसेकम हरेक राज्यमा १०० जना आजीबन सदस्य बनाऊन । एन आर एन को बिधानमा राज्यस्तरको मान्यता पाउन १०० जना पंजीकृत सदस्य हुनु पर्ने ब्यबस्था रहेको छ ।
आज १५ तारीक , फेब्रुवरीको , ठीक २ बर्ष अगाडि नै एन आर एन अमेरिकाको सदस्य बन्ने अन्तिम दिन थियो । म एन आर एन एन सि सि अमेरिका र आइ सि सि प्रति ध्यानाकर्षण गर्न चाहन्छौ कि खै सदस्यता खुलेको ? हामीले सदस्यता बनाउन अनुरोध गरिरहदा कसैलाई पनि कुनै स्वार्थले भनिएको थिएन ।
हामी प्रबाशीका मुद्दा संबोधन गर्ने नेपाल सरकारसंग सिधा संबन्ध राख्ने एउटा पुलको रूपमा यो सस्था रहेको कारण नै हामीले सबैलाई सदस्य बन्न आह्नान गरेका हौ । यो अभियानले प्रत्यक्ष रूपमा भर्जिनियामा आजीबन सदस्य ह्वात्तै बढे पनि अन्य राज्यमा समेत यसको ठूलो प्रभाव परेको थियो ।
हो हामी हरेक राज्यमा स्थानीय नेपालीहरुसंग एक आपसमा परिचय गर्न दुख सुख बांड्न नेपाली स्कूल चलाउन , नेपाली कल्चर प्रबर्धन गर्न संगठित भएकै छौ तर ती स्थानीय संघ सस्थाको नेपालसंग प्रत्यक्ष र कानुनी रूपमा संबन्ध भएको हुन्न । प्रबाशबाट समेत नेपालमा परिबर्तनका लागि केही गर्नेका लागि ठूलो सहयोग भएको छ । नेपालमा भूकंप जादा होस वा अन्य परोपकारी काम ( ब्लड बैक बस ) लगायत तमाम ठाऊमा सस्थागत सहयोग भएको छ ।
ब्यक्तिगत रूपमा धेरै नेपालीहरू नेपालमा केही गरौ भन्ने भावनाले ओतप्रोत छन । तर नेपाल सरकारले ती सबै मुद्दाहरूलाई सकारात्मक रूपमा हेरेका छौ भन्ने तर नतिजा नआइ रहेको देखिन्छ । भरखरै एन आर एन अमेरिकाले आयोजना गरेको जुम कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापा तथा नेपाल बारका अध्यक्षका भनाई पनि नितांत सकारात्मक थिए ।
एन आर एन कै पक्षमा थिए तर बोलाई र गराईमा एकरूपता नभएको छ । यो बिसम परिस्थितिमा एन आर एन अमेरिकाले नेपालको कुनै पनि दलसंग संबद्द नभइ तटस्थ रहनु जरूरी छ । यदि नेपालकै राजनीति सहभागी बन्ने इच्छा भए रबि लामिछाने कै बाटो लिए हुन्छ तर सबै प्रकृया पुर्याएर । होइन भने यहां रहेको समाजलाई कुनै न कुनै रूपमा लेवल लगाउने काम गर्नु हुन्न । तपाई हाम्रो विचार आस्था अमेरिका आउदै गर्दा ठूलो प्लेनमा बसिरहदा कै अबस्थाबाट कम हुदै गएको हुनुपर्छ । तर जो अध्ययनका लागि वा भ्रमणका लागि आउनु भएको छ उहाहरूका लागि भने त्यो छुट हुनेछ ।
एन आर एन एन सि सि आइसिसि प्रति मेरो बिनम्र अनुरोध कृपया यो पबित्र सस्थालाई धमिलो नबनाउनुस ।
सदस्यता खोल्नुस र निर्बाचन तालिका प्रकाशित गर्नुस ।
प्रतिक्रिया