बेलायतमा विपरिलिॅगीलाई छुरा प्रहार गरि हत्या गरेकोमा दुई किशोरकिशोरी पक्राउ 

इनेप्लिज २०७९ फागुन ३ गते १७:४८ मा प्रकाशित

बेलायतमा विपरिलिॅगीलाई छुरा प्रहार गरि हत्या गरेकोमा दुई किशोरकिशोरी पक्राउ गरिएको छ । 

१५ वर्षीय किशोर र एक किशोरीलाई विपरितलिॅगी  किशोरी ब्रियाना घेको  हत्या गरेको आरोप लगाइएको छ।

बेलायत प्रहरीका अनुसार १६ बर्षिय बिपरितलिॅगी किशोरीको  सप्ताहन्तमा हत्याको आरोप लगाइएको छ। यो बिषय राष्ट्रिय चिन्ताको विषय बनेको सिविएस न्यूजले समाचारमा जनाएको छ ।

ब्रायना घेलाई गत शनिबार उत्तरपश्चिम इंग्ल्याण्डको वारिङ्टनमा छुरा प्रहार गरी हत्या गरिएको थियो । उनलाई त्यो दिउँसो पार्क(उधान)को  बाटोमा भेट्टाईएको थियो ।

चेशर प्रहरीले गत आइतवार नजिकैको लिबाट दुई जनालाई पक्राउ गरेका थिए । बुधवार उनीहरूलाई उनको हत्याको आरोप लगाएका छन । 

प्रतिक्रिया