न्युजिल्याण्डको राजधानी वेलिंग्टन नजिक बुधबार ५.७ परिमाण(म्याग्निच्युड)को भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन व्यवस्थापन केन्द्रले सामाजिक संजाल ट्विट गर्दै कम्पन “उत्तरी टापुमा व्यापक रूपमा महसुस गरिएको छ ।” त्यहाँ कुनै क्षति वा चोटपटकको कुनै तत्काल विवरण नभएको र कुनै सुनामीको कुनै चेतावनी नभएको उल्लेख गरेको छ ।
कुक स्ट्रेट (जलडमरू )मुनि भूकम्प गएको हो । जसले उत्तर र दक्षिण टापुहरूलाई ७४ किलोमिटर (५० माइल) गहिराइमा छुट्याएको अमेरिकी भूगर्भ सर्वेक्षणले विवरण दिएको छ ।
वेलिंग्टन अधिक जनसंख्या भएको उत्तरी टापुको दक्षिणी छेउमा छ जसले यस हप्ता आएको चक्रवातको कारण चार जनाको ज्यान गएको थियो । दक्षिण प्रशान्त राष्ट्रको दशकहरूमा सबैभन्दा विनाशकारी मौसमी घटना हो भनि एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।
सन् २०११ मा साउथ आइल्याण्डको क्राइस्टचर्चमा गएको भूकम्पमा १८५ जनाको ज्यान गएको थियो भने हजारौं घर र भवनहरू ध्वस्त भएका थिए।
प्रतिक्रिया