टर्कीमा भूकम्प गएको ९ दिन पछि भग्नावशेषबाट ७७ वर्षीया महिलाको उद्धार

इनेप्लिज २०७९ फागुन ३ गते ११:२४ मा प्रकाशित

टर्कीमा भूकम्प गएको एक सातापछि भग्नावशेषबाट ७७ वर्षीया महिलाको उद्धार गरिएको छ ।

टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिन भन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाच्ने समय बितिसक्यो भनि भविष्यवाणी गर्दै गर्दा भग्नावशेषबाट मानिसहरूलाई निकाल्ने क्रममा बृद्ध महिलालाई निकालिएको हो ।

बुधबार, टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि मङ्गलबार अदियामान शहरमा ७७ वर्षीया महिलालाई भग्नावशेषबाट निकाल्दै उद्धारकर्ताहरूले अङ्कियदृश्य (भिडियो) जारी गरेको छ ।

टर्कीको राज्य-संचालित समाचार सँस्था अनाडोलुले उनको नाम फात्मा गुन्गोर भएको पुष्टि गरेको छ भने उनको परिवारले उनलाई बचाएपछि अँगालो हालेको बताए।

त्यसपछि बुधबार टर्कीको सरकारी दूरदर्शन टीआरटी हबेरका अनुसार काहरामानमारस शहरको भग्नावशेषमा २२२ घण्टा पछि ४५ वर्षीया मेलिके इमामोउलु नामक रूपमा अर्की महिलालाई उद्धार गरिएकोछ ।

यसअघि दक्षिणी टर्कीका टोलीहरूले अझै फसेका मानिसहरु बाँचेको आवाज सुनिरहेका छन भनि सिएनएनले जनाएको छ ।

प्रतिक्रिया