मदन बस्नेत, क्यानाडा। नेपाली साहित्य समाज क्यानाडाको हालै सम्पन्न अधिबेशनले समाजका अध्यक्ष खेम गुरागाईंलाई अर्को अबधीका लागी फ़ेरि पनि अध्यक्षमा निरंतरता दिने गरि सर्वसम्मतीले नयाँ कार्य समितिको चयन गरेको छ।
फेब्रुअरी ११ शनिबार आयोजित क्यानाडाका साहित्यिक स्रष्टाहरुको भर्चुअल अधिवेशनले नयाँ कार्य समितिको महासचिवमा टोरोन्टोका मोहन खरेललाई नै दोहोर्याएको छ।
नेपाली साहित्य समाज क्यानडाको २०२३-२०२५ को नवनिर्वाचित ९ सदस्यीय कार्यसमितिमा १) अध्यक्ष-खेम गुरागाईं, टोरोन्टो, अन्टारियो २) उपाध्यक्ष- राजेन्द्र कार्की, भ्यान्कुभर, ब्रिटिश कोलम्बिया ३) कोषाध्यक्ष- पार्वती पाण्डे, ब्राम्प्टन, अन्टारियो ४) महासचिव- मोहनप्रसाद खरेल, टोरोन्टो, अन्टारियो ५) सचिव- माधब बराल, ब्राम्प्टन, अन्टारियो ६) सदस्य-कुसुमाकर शर्मा, एडमन्टन, अल्बर्टा ७) सदस्य: रुद्र अधिकारी, फ्रेडरिक्टन्, न्यु ब्रन्ज्विक ८) सदस्य: रेणुका राई, टोरोन्टो, अन्टारियो ९) सदस्य: गोपाल काफ्ले, क्याम्ब्रिज, अन्टारियो रहनु भएको छ।
कार्यक्रममा क्यानाडाका लागि नेपालका राजदूत भृगु ढुङ्गाना र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिब चिरञ्जीवी घिमिरेको विशेष उपस्थिति रहेको थियो।
समाजका महासचिव मोहन खरेलले निवर्तमान समितीले गरेका उपलब्धिलाई अधिबेशनमा सबिस्तार व्याख्या गर्नु भएको थियो भने कोषाध्यक्ष पुण्यसागर मरहठ्ठाले आयब्ययको विवरण प्रस्तुत गर्नुभएको थियो। निवर्तमान उपाध्यक्ष युवराज भण्डारीले सहभागी सबैलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रममा साहित्य समाजका पूर्व अध्यक्षहरु गोबिन्दसिंह रावत, मुक्ति गौतम र रविन थपलिया तथा सल्लाहकार डा. तुल्सी धरेल र गोपीकृष्ण काफ्ले तथा समाजका पूर्व सदस्य अनुप न्यौपाने, राजेन्द्र कार्की, पुण्यसागर मरहठ्ठा, रबिन्द्र घिमिरे, पूर्व अध्यक्ष रमेश थापा लगायतका बक्ताहरुले नयाँ समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो।
बन्द सत्रको दौरान फ्लोरबाट प्रस्तावित बोर्ड र पदाधिकारीहरुको नामावली निर्वाचन मण्डलको तर्फबाट शिशिर पाण्डे र रबिन थपलियाले घोषणा गर्दा हलले ताली बजाएर सर्वसम्मतीले अनुमोदन गरेको थियो।
नवनियुक्त अध्यक्ष खेम गुरागाईँले साहित्य समाजलाई हाक्ने जिम्मेवारी फेरि पनि दिनु भएकोमा कार्यक्रममा उपस्थित सबै प्रती हार्दिक आभार प्रकट गर्नु भएको थियो।
नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा क्यानाडामा सक्रियतापूर्वक काम गर्दै आएको साहित्य समाज सन् २००४ मा स्थापना भएको थियो भने सन् २०१७ मा क्यानाडाको संघीय सरकारमा विधिवत् रुपमा दर्ता भएको संस्था हो।
प्रतिक्रिया