सकारात्मक बनौ ,सकारात्मक सोचौ,अहंकार त्यागौ, आफूसँग जे छ त्यसमा नै रमाऔ

इनेप्लिज २०७९ फागुन २ गते ०:४५ मा प्रकाशित

परशुराम भण्डारी । हिजो मात्रै मेरा एक अनन्य मित्रले एन आर एन अमेरिकाको अब हुने निर्बाचनका बारेमा कस्ता उमेद्वारका पक्षमा हाम्रो समर्थन हुनेछ भन्ने बिषयमा लामो फोन बार्ता भयो । अमेरिकामा एन आर एन बिधिवत रूपमा २०१० सालमा दर्ता भए पनि हामी बिषय थियो २०१५ देखि हालसम्मका नेतृत्वमा रहेका मित्रहरूले गरेको कामको समीक्षा ।

यो सानो आलेखलाई २०१५ सालमा भएको निर्बाचन देखि आजका दिनसम्म के के भए त त्यसका बारेमा सानो चर्चा गर्ने कोशिस गर्ने छु । एन आर एन अमेरिकामा एन आर एन पनि छ र यो सस्था चाहिन्छ भनेर सर्बसाधारणका माझमा पुर्याउने काम २०१५ को निर्बाचनबाटै भयो । त्यो निर्बाचन कसरी भयो , मतदाताहरू कसरी सदस्य बने त्यसको फ़ेहरिस्त तिर म जान चाहिन , किन कि यी बिषयमा मैले यहां समय खर्चनु भनेको तपाईहरूको समय बर्बाद गर्नु मात्रै हो ।

न्यू मेक्सिकोमा मेडिकल डाक्टरका रूपमा कार्यरत डा केशब पौडेलको नामबाट मलाई फेसबुकमा साथीका लागि अनुरोध आयो । त्यो भन्दा पहिला नै हरण्डन भर्जिनियामा बस्नुहुने भाइ भुवन सिग्देल र बहिनी गीता सिग्देलले उहांको बारेमा बताउनु भएको थियो त्यसैले मलाई डा केशबजीलाई साथी स्वीकार गर्न सजिलो भयो । यसो फेसबुकमा राखिएको उहांको तस्बीर नै उहांको प्रोफेशनले मलाई आकर्षित गर्यो । साथी बनाएं त्यस पछि फोन गरें । उहांको बोल्ने शैलीले पनि मलाई प्रभाब नै पार्यो ।

उहांको प्रोफेशनले मलाई आकर्षित गर्यो । साथी बनाएं त्यस पछि फोन गरें । उहांको बोल्ने शैलीले पनि मलाई प्रभाब नै पार्यो ।

त्यो पटकको निर्बाचनमा अन्य उमेद्ववारहरूमा हाम्रा परिबारका सदस्य दुर्गा दाहाल पनि एन आर एन अमेरिकाको अध्यक्षमा उठ्नु भएको थियो , त्यहां परिबार भन्दा पनि सस्थालाई हाक्न सक्ने उमेद्ववार डा केशब पौडेलकै पक्षमा खुलेर मत माग्ने काम गरियो । हुन त त्यो समयमा श्री पराजुली , रमा सिह , गणेश कूवर ,पनि उमेद्ववार बन्नु भएको थियो । चुनाबमा अन्य उमेद्वारको मत एकातिर डा केशबको मत एकातिर जस्तै भएको थियो । हुन त एन आर एन मा नेपालको राजनीतिले कुनै प्रभाब नपार्नु पर्ने हो तर अघोषित रूपमा साथीहरु आफ्नै भातृ दलको सहयोगबाट चुनाब जित्ने हिसाबमा उमेद्ववार बन्नु भएको रहेछ । मलाई एउटा कुरा अझै राम्ररी संझना छ ।

बाल्टिमोरतिर बस्ने एक मित्र जो एमाले नजिक हुनुहुंदो रहेछ उहांले मेरिल्याण्डमा एन आर एन को साधारण सभामा ठोकुवा गरेर उहांले समर्थन गरेका उमेद्ववारका पक्षमा २५०० मत आउने बताउनु भएको थियो । त्यो बेला मेरो उहांसंग निक्कै रातो पिरो हुने गरी कुरा भएको थियो मेरो भनाई थियो तपाईका उमेद्ववारको मत १०००-१५०० सम्म हो भनेर मैले पनि ठोकुवा नै गरिदिएको थिएं । ती उमेद्ववारको मत १२०० आएको थियो । ती मित्र जो हचुवाको भरमा भ्रामक कुरा गर्थे तिनको अमेरिकामा बस्ने स्टाटस रहेनछ । उनीसंगै बाल्टिमोरमा संगै हिड्ने अर्का मित्र कुनै देशको राजदूत बनेका छन् , एकीकृत समाजबादी पार्टीको कोटाबाट । त्यस पछि रमा सिं र दुर्गा दाहालको पनि अत्यन्त न्यून आएको थियो भने त्यो भन्दा बढी मत श्री पराजुलीजीको थियो । संभबत ३६०० मत जति ल्याएर डा केशब पौडेलको सानदार बिजय भयो ।

डा केशब पौडेलजीले जसरी जुन हिसाबमा मत ल्याउनु भयो त्यही रूपमा काम पनि गर्नु नै भयो । एन आर एन को आबस्यकता महत्व परिचय स्थापित पनि भयो केही राज्यमा राज्य कमिटी बने । त्यहांसम्म एन आर एन अमेरिकामा त्यति क्षति भएको थिएन तर २०१७ मा पुन डा केशबजीलाई नै उमेद्ववार बनाउन संभबत कतैबाट दबाव आयो , उहां उमेद्ववार बन्नु भयो चुनाब पनि जित्नु भयो त्यस पछि शुरू भयो बिबाद , एउटै डिभाइसबाट सयौ मतहरु खसालिए छन । वालमार्टका कार्डहरू प्रयोग भएछन ।

चुनाब जित्न अध्यक्षलाई समर्थन गर्छु भनेर फोटा संगै टास्ने काम भए त्यस पछि अमेरिकाको एन आर एन बिधिवत रूपमा बाहिर नफुटे पनि भित्र भित्रै फुटको अबस्थामा पुग्यो । त्यस पछि आइ सि सि मा डेलिगेट लैजाने बारेमा ठूलो मतभेद शुरू भयो । जेन तेन डा केशबको २ कार्यकाल चले पनि निर्बाचन प्रक्रियामा धेरै त्रुटी भएको भने आम मतदाताहरूले औला ढड्याए । त्यस पछि २०१९ मा निर्बाचन भयो तत्कालीन बरिष्ट उपाध्यक्ष सुनील साह , सूर्य लम्साल र संजय थापाको उमेद्ववारी पर्यो , त्यसमा सस्थापन पक्षको समर्थन सुनिललाई भए पनि सूर्य लम्सालले पनि केही मत ल्याउनु भयो भने संजय थापाले आफू नजिकका केही साथीहरुको मत प्राप्त गर्नु भयो । यो कमिटी पनि निर्बाचन प्रकृया र डेलिगेटमा ठूलै बिबादमा पर्यो ।

नेपालको राजनीतिबाट कम प्रभावित भएरै सुनिलजीले आफ्नो कार्यकाल पुरा गर्नु भयो ।

नेपालको राजनीतिबाट कम प्रभावित भएरै सुनिलजीले आफ्नो कार्यकाल पुरा गर्नु भयो । त्यस पछि २०२१ को निर्बाचनका लागि एउटै घरका दाजु भाइहरूका वीचमा भयानक प्रतिस्पर्धा भयो एक गोत्रीय मध्ये ठूलो समुहले हालका अध्यक्षलाई समर्थन गर्यो तर पनि झिनो मतले बुद्दि सुबेदीले चुनाब जित्नु भयो , कृष्ण लामिछाने दोश्रोमा र डा अर्जुन बन्जाडे तेश्रोमा आउनु भयो । पहिलो र दोश्रो स्थान ल्याउने उमेद्ववारको तुलनामा तेश्रो स्थान को मत प्राप्त गर्ने उमेद्ववार बढी एन आर एन प्रति ज़िम्मेवार भएको अनुभूत भए पनि संख्या उहां कममा पर्नु भयो ।

हुन त उहां सुनिल साहको कार्यकालको बरिष्ट उपाध्यक्ष भएका दिन देखि नै एन आर एन प्रति अत्यन्त लगनशील र मतदाताहरू प्रति बढी नै उत्तरदायी देखिनु भएको थियो । उहांले धेरै सार्बजनिक ठाऊहरूमा आफ्ना बिचार राखिरहदा “ म अमेरिकन नागरिक हुं मलाई नेपालको राजनीतिको कुनै मतलब छैन बरू अमेरिकाको राजनीतिमा सहभागिता जनाउनेमा मेरो समर्थन रहने छ “ यो कुराले उहां हामीहरू जस्ता स्वतंत्र मतदाताहरूको मन मस्तिष्कमा बस्न सफल हुनु भएको थियो र छ ।

कुनै कार्यक्रममा कही गएर एन आर एन को कुरा गरिरहदा मानिस कसैले वास्ता पनि गर्ने स्थिति पनि छैन । त्यसैले पनि अब जनताबाट बिश्वास गुमेको एन आर एन को शाख त्यो बेला आउछ जुन बेला नेपाल सरकारले दोहोरो नागरिकता प्रदान गर्छ वा एन आर एन नागरिकता प्रदान गर्छ । अहिले भरखरै नेपाल सरकारले प्रबाशमा बस्ने नेपालीहरुका लागि लगानी गर्ने अबसरका साथै डलर एकाउन्ट खोल्ने सुबिधा दिएको छ तर आम नेपालीहरू नेपालको अहिले अबस्थामा कुनै पनि हालतमा डलर एकाउन्ट खोलिदैन भन्न थाल्नु भएको छ । नेपालमा अहिले निर्बाचन आयोग देखि सर्बोच्च अदालतको रबि लामिछाने प्रति फ़ैसलालाई नितांत पुर्बाग्रहले गरिएको निर्णय भनेर बुझेका छन । नेपाल सरकारको नीति प्रबाशमा बस्ने प्रति अत्यन्त नकारात्मक रहेको आम प्रबाशीहरुको बुझाई छ ।

नेपालमा जुन पार्टीको सरकार भए पनि ऊसको संबन्ध एन आर एन र नेपाल सरकारसंगको होस । दलीय रूपमा ऊ नमुछियोस ।

त्यसका लागि अब हुने एन आर एन अमेरिकाको निर्बाचनमा त्यस्तो उमेद्ववारलाई बिजयी बनाउन सकियोस ऊ नेपालको कुनै पनि राजनैतिक दल प्रति लोयल नहोस । नेपालमा जुन पार्टीको सरकार भए पनि ऊसको संबन्ध एन आर एन र नेपाल सरकारसंगको होस । दलीय रूपमा ऊ नमुछियोस । अहिले थातीमा रहेका धेरै मुद्दाहरुको गाठो फुकाउन सक्ने एन आर एन को नेतृत्व चाहिएको छ ।

हाल एन आर एन अमेरिकामा ३ हजारको हाराहारीमा आजीबन सदस्यहरू रहनु भएको छ यो प्रतिकूल अबस्थामा चुनाबका लागि $२० तिरेर बन्नु सदस्य न्यून नै हुन्छ त्यसमा पनि यो पटक एम आइ एस सिस्टम लागू भएर निर्बाचन भयो भने हामीले परिकल्पना गरेको जस्तो एन आर एन बन्न सक्छ । त्यसैले अब लाईट माइन्डेड साथीहरुका वीचमा छलफल गरौ , सक्षम उमेद्ववारहरुलाई नेतृत्वमा लैजाऊ एन आर एन को माध्यमबाट सबै संगठित बनौ तर एन आर एनलाई नेपालको राजनैतिक पार्टीको भातृसंगठन नबनाऊं । अझै पनि यहाहरुलाई यो सस्था मात्रै हो नेपाल सरकारसंग प्रत्यक्ष संबन्ध राख्ने लाग्छ भने यो सस्थाको आजीबन सदस्य बनौ ।

(यो लेख मेरो नितान्त निजात्मक लेख हो )

प्रतिक्रिया