टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो

इनेप्लिज २०७९ फागुन १ गते २३:०१ मा प्रकाशित

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तिमा ३७ हजार ३५७ पुगेको छ ।

टर्की प्रकोप र आपतकालीन व्यवस्थापन नियोगको पछिल्लो तथ्याङ्क अनुसार दक्षिणपूर्वी टर्कीमा कम्तिमा ३१,६४३ जनाको मृत्यु भएको छ।

यसैबीच, उत्तरपश्चिमी सिरियाको सरकारी र विद्रोही नियन्त्रित क्षेत्रहरूमा कम्तिमा ५,७१४ व्यक्तिको मृत्यु भएको छ ।

टर्कीमा भूकम्प गएको ७ दिनपछि १० वर्षीया बालिकालाई जीवितै उद्धार गरिएको छ ।

टर्कीमा गएको भूकम्पको १८५ औं घण्टामा आइका सेप्लिन नामकी १० वर्षीया बालिकालाई सोमबार जिउँदै उद्धार गरिएको सिएनएनको भगिनी सञ्जाल सिएनएन टर्कले जनाएको छ ।

प्रतिक्रिया