टर्कीमा भूकम्प गएको ७ दिनपछि १० वर्षीया बालिकालाई जीवितै उद्धार,कम्तिमा १९,३०० अस्पतालहरूमा उपचाररत

इनेप्लिज २०७९ फागुन १ गते २१:४१ मा प्रकाशित

टर्कीमा भूकम्प गएको ७ दिनपछि १० वर्षीया बालिकालाई जीवितै उद्धार गरिएको छ ।

टर्कीमा गएको भूकम्पको १८५ औं घण्टामा आइका सेप्लिन नामकी १० वर्षीया बालिकालाई सोमबार जिउँदै उद्धार गरिएको सिएनएनको भगिनी सञ्जाल सिएनएन टर्कले जनाएको छ ।

आइका कहरामनमारासको एब्रार आवासगृह भवन(अपार्टमेन्ट)को भग्नावशेषबाट उनलाई निकालिएको हो । यसी गरि टर्कीको स्वास्थ्य मन्त्रालयका अनुसार कम्तिमा १९,३०० भूकम्प पीडित टर्कीका अस्पतालहरूमा उपचाररत छन ।

तिनीहरू मध्ये ३,६३६ ब्यक्तिहरु सघन कक्षमा उपचार भै रहेको मन्त्रालयले सोमबार बताएको छ । मन्त्रालयका अनुसार कम्तिमा ८,८ ५१ जना बिरामीहरूको शल्यक्रिया गर्नुपरेको थियो भने र तिनीहरूमध्ये केही पहिले नै अस्पतालमुक्त भै सकेका छन्।

प्रतिक्रिया