युक्रेनी सेनाद्वारा २० इरानी मानवरहित युद्धयान नष्ट गरेको दाबी

इनेप्लिज २०७९ माघ २९ गते १३:३७ मा प्रकाशित

युक्रेनी सेनाले शुक्रबार देशभरि रुसी आक्रमणको क्रममा कम्तिमा २० इरानी निर्मित मानवरहित युद्धयान (ड्रोन)हरू खसालेको रक्षा अधिकारीहरूले शनिबार बताएका छन् ।

युक्रेनको वायुसेनाले एक विज्ञप्ति जारी गर्दै साँझ ६ बजेदेखि अजोभ सागरको पूर्वी तटबाट रुसी सेनाले प्रक्षेपण गरेका २० इरानी निर्मित शाहेद-१३६ यूएभी (मानवरहित युद्धयान ) नष्ट गरेको बताएको छ ।

इरानले रुसलाई युक्रेनको युद्धमा प्रयोग गर्न सयौं मानवरहित युद्धयान (ड्रोन)हरू दिएको छ । जसमध्ये धेरैले युक्रेनको बिधुत आपूर्ति केन्द्र /ऊर्जा सुविधाहरूलाई लक्षित गरेका छन् । यस बाट ठूलो क्षति भएको छ ।

रुसले पनि शुक्रबार देशव्यापी रुपमा १०६ वटा क्षेप्यास्त्रहरू विशेष गरी नागरिक पूर्वाधारमा प्रक्षेपण गरेको ” युक्रेनको सशस्त्र बलका अधिकारीले शनिबार एक विज्ञप्तिमा भने।

प्रतिक्रिया