विश्व यात्राको क्रममा विश्व साईकल यात्री अजित बराल अमेरिकामा..

इनेप्लिज २०७९ माघ २८ गते १९:४३ मा प्रकाशित

मोहन मुन । साईकल यात्राको माध्यमबाट विश्वका ७१ देश भ्रमण गरिसकेका पोखराका अजित बराल विश्वयात्राको क्रममा पुन अमेरिका आईपुगेका छन। सन २०१५ देखि विश्व भ्रमणमा निस्केका बरालले शुरूमा नेपालको भ्रमण सम्पन्न गरेका थिए।

जहाँ सम्म जमिन छ त्यहाँ सम्म साइकलमै पुग्ने सोंचका साथ एक दशक अधिदेखि साईकलमा कुदिरहेकाछन उनि।साईकल यात्रा कसरी शुरूभो भन्ने प्रश्नमा ? पोखराको स्टेपबाई स्टेप स्कुल पढदा ताकाको मानसपटलमा फर्किन्छन।पोखरा लेकसाईटका रैंथाने न परे। स्वभाव फेरिचकचके।केही न केही गरिरहनु पर्ने।लेकसाईटमा त्यसताका गोराहरूपनि टन्नै हुन्थे।नेपालमा मान्छेहरूमा साईकल चढने ट्रेन चाहि हराउदै थियो। हरेको घरमा भएका साईकलहरूलाई बाईकहरूले बिस्तारै बिस्थापन गर्ने क्रम एकैचोकी बढिरहेको थियो।तर सात समुन्द्रपार गरेर आएकागोराहरूले साईकिंल गर्दा अच्चमित हुन्थे।

लेकसाईट वरिपरी ठाऊठाऊमा साईकल भाडामा पनि पाईन्थ्यो।त्यो प्रभाव पनि कता कता जमेको रैछ।मैले पनि यसरी साईकिंग गर्न पाए भन्ने लाग्ने।फेरि त्यतिखेर टिभीमा विदेश च्यानल खुब हेरिन्थ्यो।साहरा च्यानलमा इण्डियन रियालिटी शोआउँथ्यो । जसमा साइकल लिएर विभिन्न ठाउँ घुमेको देखाईन्थ्यो। यसरी नै साईकल यात्रा गर्न पाए भन्ने सोख जगायो।

पहिलो साईकल यात्राको क्षण कस्तो रहयो भन्ने प्रश्नमा वाल मानपटलमा कुनै लक्ष्य नै नभएको बताऊछन। कता जाने ?कहा बस्ने कुनै योजना नै थिएन ? साईकल यात्रा गर्ने ईच्छा त थियो तर घरमा भने जस्तो साईकल नै थिएन।साईकल चाहियो भनेर कस्लाई भन्ने ? घरमा आमा एक्लैहुनुहुनथ्यो।दाई काठमाण्डौ थिए त बा जापानमा ।तैपनि लहडमा एक घण्टा साईकल भाडामा लिए।तर त्यहि साईकल ४ दिनसम्म कुदाए।साइकल पाउदा घरै फर्कुनुपर्छ भन्ने नै बिर्सिएछु।साइकलनै सबैथोक लाग्ने ।घरमा जानकारी बेगर हिडेको म । परिवारजनको लागी भने हराएछु।घरमा त कोलाहल मच्चियो। रुवाबासी चल्यो।खोजिकार्य सुरू भएछ।पोखराको स्थानिय पत्रिकामा निस्किएछ ‘बालक हराएको सूचना’ …।काठमाडौं मामा घर पुगे भन्ने सुचनाले परिवारको चिन्ता चाही साम्य भयो।

आमालाई पनि लाग्दो हो।होस भो ।अब बरू साईकल नै किनिदिन्छु।अब त कतै टाढा जान खोजे सोध्ला नी ।घर फर्किएपछि आमाले साइकलकिनिदिनुभएको सम्झन्छन्।

त्यहि बालकलाई लाग्न थाल्यो। सपना देख्नु पर्छ।आफुले देखेको सपनामाथी विश्वास पनि गर्नु पर्छ र सपनाको निर्माणमा निरन्तर संघर्षगर्नुपर्छ। आज यहि सपनाको कारण यहा आईपुगेका छन।सपनाहरू बोकेकाछन।वातावरण संरक्षण रहोस।नेपालमा साइकल संस्कृति विकासहोस।गौतम बुद्ध जन्मस्थल नेपाल हो भन्ने कुरा संसारले थाहा पाओस।सगरमाथाको देश भनेर संसारले चिनोस।यात्रा गर्छु भन्दै गर्दा के के भए त? भन्छन गर्छु भनेको काम कठिन अवश्य नै हुन्छ।

तर यसको मतलव यो त होइननी कि यो असम्भव नै छ भन्ने लागेन।दुई बर्ष प्यारालाईसिसलेगलाऊन पनि खोज्दा म साइकल चलाएर विश्व यात्रा गर्ने कुरा मनैबाट हटाउन सकिन।परिवारको हौसलाले पनि म यात्रा तय गर्न हौंसिए।फेरिकुरा यतिमा सिमित रहेन।पोखराको गण्डकी अस्पतालमा कार्यरत दाई डाक्टर अमृतले पनि सॅंगै साईकल यात्रा तय गर्ने भए पछि संसार जितेजस्तै अनुभूति रहयो । भाईको लागी हुदाखादाको राम्रो जागिरबाट राजिनामा दिएका दाईलाई लाग्दो हो।जतिपनि महान कुराहरु छन् ति आराम रसजिलो बाटोबाट आउदैनन ।

हुनपनि साईकल यात्रा मेरो लागी फगत एक महान काम हुदै छ जस्तो लाग्थो।अनि शुरू गरियो दाजु भाईको विश्वसाइकल यात्रा।दाजुभाईले थिचोंले नेपाल,भारत ,श्रीलंका, बंगलादेश, म्यानमार,सिंगापुर, मलेसिया, ताइवान, जापान, कोरिया, हुदै ७० औ देशपारगर्दै अमेरिककासम्म।अमेरिकामा क्यालिफोर्नियाबाट न्युयोर्कसम्म ६ हजार ७८० किलोमिटरको दुरीमा छिटो साइकल यात्रा गर्ने यि दाजुभाईको जोडी रहन पुग्यो ।सम्झन्छ यस यसअघि ३ महिनाको रेकर्ड रैछ।तर उनिहरुले डेढ महिनामै सकाए।

विश्व साईकल यात्राको क्रममा ८ वटा साईकल फेरेको बताऊने उनिले बाकी ७ वटा सहयोगी नेपाली मनहरूको सहयोग गरेको बताऊछन।भारतको द हिन्दुले पहिलो पेजमा आफुहरू बारेको समाचार छापिदिए पछि भने हाम्रो अभियानलाई धेरै जनाले सहयोग र चासो लिएकोबताऊछन।विगतमा यात्राको क्रममा ,कहिले काही ३-४ दीनसम्म पनि भोको पेट लिएर साईकलको पाईडल ठेल्दा,लाओसमा साइकलबाट लडेरअगाडीका दाँत भाच्चिदा,अष्ट्रेलियामा साइकलबाट लडेर लागेको घाँटीको चोट ।जसले गर्दा अझै पनि देब्रे हात अझै राम्रो सँग चल्दैन ।तैपनिविश्व साईकलयात्रीमा निरन्तरता।सम्झन्छन विश्व साईकल यात्रीको त्यो कुरा “हामी नशाले होइन इच्छा शक्तिले मातिनु पर्छ।”

एक थान ज्यान बोकेर साइकल मार्फत विश्वको यात्रा गरिरहेका उनिको साइकलले देश बोकेको छ। राष्ट्रिय झण्डा ठडाएको छ।उनि जहाजहा जान्छन त्यहा त्यहा पुग्छ देश र राष्ट्रिय झण्डा।उनिले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन पनि गरिरहेकाछन।देशको हिमाल,पहाड र तराईबोकेका छन।यत्रो यात्रा गर्दा राज्यले के दियो ?हो उनि सॅंग राज्यले दिएको एक थान पासपोर्ट छ।सिर्फ त्यहि नै हौ राज्यले दिने भनेको त ।तपैपनि उनिलाई राज्य प्रति कुनै गुनासो छैन।मलाई देश प्रति गर्व छ।अनि फेरि उल्टै प्रति प्रश्न गर्छन।राज्यले मलाई के दियो हैन कि मैलेराज्यलाई के दिए भन्ने भनाईलाई सापटी लिंदै।

थप उनि भन्छन यात्रा गर्दा दुःख हुन्छ नै । यसलाई अपनाउन सिक्नु पर्छ।योबाट परिचित नहुदै मिलेको विजयले पनि त्यति धेरै खुशी दिनसक्दैन। हरेक विहान संकल्पका साथ उठदै ।अनि हरेक बेलुकी सन्तुष्टिका साथ सुत्दै यहासम्म आईपुगियो।

यात्रामा उनिले देश सगै संस्कृती,संगीत पनि बोक्छन। हो उनिले बोकेका छ मुर्चुंगा । जुन किराती समाजको बाजा हो, यो संसारकै पूरानो र नेपालको लोकबाजा हो । यसको पनि प्रवर्द्धन गर्दै हिँड्ने गरेका छन। यो पटक अनि अमेरिकामा ७ हजार किलोमिटरको यात्रा तय गर्दै छन। दक्षिण मायमी देखि टेक्सास,सिकागो ,न्युयोर्क हुदै बोस्टनसम्म।

(विश्व साईकल यात्री अजिल बराललाई यूटुबमा https://youtube.com/@worldcyclist360 मा फेसबुकमा https://www.facebook.com/dexter.baral?mibextid=LQQJ4dमा भेटन सकिन्छ।)

प्रतिक्रिया