भर्जिनियाको लाउडन काउन्टी स्थित बिद्युत आपूर्ति उप केन्द्रमा दुई संदिग्ध पसे पछि पक्राउ

इनेप्लिज २०७९ माघ २८ गते १५:३१ मा प्रकाशित

भर्जिनियाको लाउडन काउन्टी स्थित बिद्युत आपूर्ति उप केन्द्रमा दुई संदिग्ध पसे पछि पक्राउ गरिएको छ ।

भर्जिनियाको लाउडन काउन्टीमा रहेको विद्युतीय आपूर्ति केन्द्र (सबस्टेशन)मा प्रहरीहरुले दुई जनालाई हिरासतमा लिएको लाउडन काउन्टी शेरिफको कार्यालयले जनाएको छ।

लाउडन काउन्टी शेरिफको कार्यालयले शनिबार मध्यरात पछि आबर्न फार्म सडक स्थित उप उर्जा आपूर्ति केन्द्र जानको लागि दुई पुरुषहरूले बार काटे पछि प्रहरीहरुलाई बोलाईएको थियो ।

प्रहरीका अनुसार एक डिसी महानगर क्षेत्रमा बिद्युत आपूर्ति गर्ने डोमिनियन ऊर्जाको सम्पत्ति र एक नोभेक उप आपूर्ति केन्द्र यस क्षेत्रमा अवस्थित छन्।

प्रहरी सहायक आइपुग्दासम्म शंकास्पदहरू फरार भए । तर उनीहरुले उक्त इलाकामा खोजी गरे पछि दुई जनालाई हिरासतमा लिएका छन् । उनीहरु के उद्धेश्यले त्यहाँ पसेको भन्ने बारे प्रहरीले जानकारी गराएका छैनन भने प्रहरीले सोधपुछ गरि रहेको एनबिसीवाशिंगटनले समाचार प्रकाशित गरेको छ ।

यस हप्ताको सुरुमा एफबीआईले बाल्टिमोरको उर्जा आपूर्ति केन्द्र (पावर ग्रिड)लाई उडाउन खोज्ने पुरुष र महिलालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया