रुसले युक्रेनी उर्जा आपूर्तिमा केन्द्रमा भीषण आक्रमण गरेको छ। रुसी सेनाले युक्रेनभरका उर्जा आपूर्ति सुविधाहरूमा बमबारी गरेको र पूर्वमा नयाँ रुसी आक्रमण भइरहेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।
युक्रेनको वायुसेनाले गत शुक्रबार ७१ मध्ये ६१ रुसी क्षेप्यास्त्र (मिसाइल) खसालेको बताएको छ । तर उर्जा मन्त्री जर्मन गालुश्चेन्कोले रुसले छ वटा क्षेत्रमा क्षेप्यास्त्र र मानव रहित उपकरण (ड्रोन)का साथ विद्युत् केन्द्रमा प्रहार गरेको र युक्रेनको अधिकांश भागमा बिद्युत आपूर्ति बन्द भएको भएको बताए।
रुसले बारम्बार नागरिक पूर्वाधारमा अग्रपंक्तिबाट टाढा आक्रमण गरेको छ ।
शुक्रबारको आक्रमण युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली सहयोगीहरूको भ्रमण समाप्त गरेपछि भएको थियो । जहाँ उनलाई उत्साहजनक रूपमा स्वागत गरिएको थियो ।
“लन्डन, पेरिस, ब्रसेल्स – जताततै मैले हाम्रा सिपाहीहरूलाई कसरी बलियो बनाउने भनेर विगत केही दिनहरूमा बोलेको छु। त्यहाँ धेरै महत्त्वपूर्ण समझदारी हरू भएका छन् र हामीले राम्रो संकेतहरू प्राप्त गरेका छौं, ”जेलेन्स्कीले आफ्नो रातीको अङ्कियदृश्य (भिडियो )मा भने।
प्रतिक्रिया