टर्की र सिरियामा मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो

इनेप्लिज २०७९ माघ २८ गते १३:१६ मा प्रकाशित

टर्की र सिरियामा सोमबार गएको विनाशकारी भूकम्पपछि मृत्यु हुनेको संख्या कम्तिमा २४,१७८ पुगेको अधिकारीहरूले जनाएका छन् ।

टर्कीमा मृत्यु हुनेको संख्या कम्तिमा २०,६६५ पुगेको विपद तथा आपतकालीन व्यवस्थापनले जानकारी दिएको छ ।

सिरियामा कुल मृतकको संख्या ३,५१३ पुगेको छ । जस मध्ये उत्तरपश्चिममा विद्रोही नियन्त्रित क्षेत्रहरूमा २,१६६ रहेका छन ।

सिरियाका सरकारी नियन्त्रित भागहरूमा १,३४७ जनाको मृत्यु भएको सिरियाली सरकारी संचार माध्यमले जनाएको छ ।

प्रतिक्रिया