न्युयोर्क राज्यमा ह्योल्मो सोनम ल्होसार २१५० भव्यताका साथ मनाइयो

इनेप्लिज २०७९ माघ २८ गते २:५७ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको न्युयोर्क राज्यमा ह्योल्मो सोनम ल्होसार २१५० भव्यताका साथ मनाइएको छ।

अमेरिकामा स्थापित संस्था ह्योल्मो सोसाइटी अफ अमेरिकाले शनिबार न्युयोर्कमा आयोजना गरेको सोनाम ल्होसार कार्यक्रम भिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा मौलिक परम्परा तथा संस्कृतिक नाचगान प्रस्तुतसहित गरिएको थियो।

“ह्योल्मो आदिवासी समुदाय” नेपालमा करीब बयानव्बे गाउँमा छन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष दुण्ढुक लामा ह्योल्मोको सभापतित्वमा सम्पन्न भएको थियो। त्यस्तै, प्रमुख अतिथिका रुपमा संयुक्त राज्य अमेरिकाका कार्यवाहक महावाणिज्य दूतावास विष्णुप्रसाद गौतम थिए। विशेष अतिथीमा जनजाती महासंघ (फिप्ना) का अध्यक्ष राजकुमार विष्ट थिए ।

कार्यक्रममा अन्य अतिथिहरुमा संयुक्त राज्य अमेरिका न्युयोर्कका लागि नेपालका पर्यटन सद्भावना द्त केशव शम राई, गुरुङ तमु समाजका अध्यक्ष तोरङ गुरुङ, Tharus and Friends Association (TFA) उपाध्यक्ष दीपक चौधरी, उत्तर अमेरिकाको वालुङ समुदायका अध्यक्ष चुङदल उक्याप, जिरेल एसोसिएसन अमेरिकाकी अध्यक्ष शान्ति जिरेल, अमेरिकास्थित शेर्पा संघका अध्यक्ष पासाङ दोर्जे शेर्पा, ग्यालसुम्दो सेवा संस्थाकी अध्यक्ष निमा गाले, संयुक्त किरात राई संगठनका उपाध्यक्ष बसन्ती राई लगायत करिब ३०० जना विशिष्ठ अतिथि तथा सहभागीहरु थिए।

कार्यक्रममा प्रमुख अतिथि गौतमले शुभकामना व्यक्त गर्ने क्रममा यो पर्व ह्योल्मो समाजको मात्र नभएर सम्पूर्ण नेपालीको पर्व भएको बताए । उनले ह्योल्मो समाज अतिनै मिलनसार एक अर्कामा दु:ख पर्दा खुल्ला दिलले सहयोगी भावना भएको समुदाय हो र ह्योल्मो बस्ति सिन्धुपाल्चोकको हेलम्बु प्रकृतिक सुन्दरताले भरिभाराउ ठाउँ रहेकाले बिदेशी पर्यटक हेलम्बु नपुगी फर्किदा भ्रमण अपुरो रहने आशय व्यक्त गरे।

विशेष अतिथी रहेका फिप्ना अध्यक्ष राजकुमार विष्टले जनजातिले कुनै पनि जाति विशेषको विरुद्दमा नरहेको बरु राज्यले जनजाति माथि असमान व्यबहार गरेको र सबैलाई समान व्यवहार गर्नुपर्दछ भन्ने भनाई व्यक्त गरे । संस्थाका अध्यक्ष दुण्ढुक लामा ह्योल्मोले स्वागत मन्तव्य दिएका थिए भने महासचिव त्सेवाङ टासी लामाले पनि मन्तव्य दिएका थिए।

कार्यक्रम संचालक घ्यामी ज्याबा ह्योल्मो थिए भने संस्था प्रति विशेष भूमिकामा रहेर कार्य सम्पादन गर्ने तथा सहयोगी ब्यक्तित्वहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो। कार्यक्रममा उपस्थितहुने सम्पूर्णलाई स्वादिष्ट परिकारका खानाको पनि व्यवस्था गरिएको थियो।

प्रतिक्रिया