अध्यावधिक गरिएको : यस हप्ता टर्की र सिरियामा गएको भूकम्पपछि मृत्यु हुनेको संख्या २३,७२६ पुगेको अधिकारीहरूले बताएका छन्।
टर्कीमा मृत्यु हुनेको संख्या कम्तिमा २०,२१३ पुगेको छ भने ८०,०५२ अन्य घाइते भएको टर्कीका स्वास्थ्य मन्त्री फहरेटिन कोकाले भने।
ह्वाइट हेल्मेट सिभिल डिफेन्स (नागरिक रक्षा )समूहका अनुसार उत्तरपश्चिममा विद्रोही नियन्त्रित क्षेत्रहरूमा २,१६६ सहित सिरियामा मृत्यु हुनेको कुल संख्या ३,३८४ रहेको छ र सिरियाको सरकारी नियन्त्रित भागहरूमा १,३४७ जनाको मृत्यु भएको सिरियाली सरकारी संचार माध्यमले जनाएको छ।
सिरियाका सबै प्रभावित क्षेत्रहरूमा घाइतेको संख्या ५,२४५ रहेको छ, जसमा २,२९५ सरकारी नियन्त्रित क्षेत्रमा र २,९५० विद्रोही नियन्त्रित क्षेत्रमा छन ।
प्रतिक्रिया