युक्रेनमा भएको युद्धको एक वर्ष पूरा भएको अवसरमा बाइडेन पोल्याण्डको भ्रमण गर्ने 

इनेप्लिज २०७९ माघ २७ गते १९:३८ मा प्रकाशित

युक्रेनमा भएको युद्धको एक वर्ष पूरा भएको अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेन पोल्याण्डको भ्रमण गर्ने भएका छन।

 रूसले युक्रेनमा  आक्रमण गरेको एक वर्षको वार्षिकोत्सवको अवसरमा  उनि त्यहा जान लागेको समाचार सिएनएनले लेखेको छ । राष्ट्रपतिले फेब्रुअरी २० देखि २२ सम्म पोल्याण्ड भ्रमण गर्ने योजना बनाएका छन्। 

ह्वाइट हाउसले पोल्याण्डका राष्ट्रपति डुडा र यस क्षेत्रका अन्य नेताहरूलाई भेट्ने बताएको छ। बाइडेनले फेब्रुअरी २४ मा आधिकारिक वार्षिकोत्सव अघि टिप्पणी दिनेछन्।

प्रतिक्रिया