अध्यावधिक गरिएको : टर्की र सिरियामा गएको ठूलो भूकम्प र शक्तिशाली पराकम्पनको कारण २१ हजारभन्दा बढी मानिसको मृत्यु

इनेप्लिज २०७९ माघ २७ गते १२:०९ मा प्रकाशित

अध्यावधिक गरिएको : टर्की र सिरियामा गएको ठूलो भूकम्प र शक्तिशाली पराकम्पनको कारण २१ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

अधिकारीहरुका अनुसार टर्कीमा कम्तिमा १७,६७४ र सिरियामा ३,३७७ जनाको ज्यान गएको छ । अधिकारीहरुका अनुसार दुबै देशमा कम्तिमा ७८,१२४ जना घाइते भएका छन् ।

टर्कीमा भग्नावशेषबाट २६३ बालबालिकाका निकालिएका छन् । बाँचेको खोजी जारी रहँदा विगत २४ घण्टामा १२१ जना टर्की नागरिकलाई भग्नावशेषबाट जिउँदै निकालिएको उपराष्ट्रपति फुआट ओक्तेले गत बिहीबार बताए ।

एलेप्पोमा मात्र १००,००० मानिसहरू घरबारविहीन भएको विश्वास गरिन्छ, ती संख्यामध्ये ३०,००० हाल विद्यालय र मस्जिदहरूको आश्रयमा रहेका छन्।

प्रतिक्रिया