अध्यावधिक गरिएको :  टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या कम्तीमा १९,८६३ पुग्यो 

इनेप्लिज २०७९ माघ २६ गते १७:५० मा प्रकाशित

अध्यावधिक गरिएको : टर्की र सिरियामा गत सोमवार गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या अहिले कम्तीमा १९,८६३ पुगेको अधिकारीहरूले जनाएका छन्।

टर्कीमा मृत्यु हुनेको संख्या कम्तिमा १६,५४६पुगेको छ भने ६६,१३२  अन्य घाइते भएका छन ।

सिरियामा मृत्यु हुनेको कुल संख्या कम्तिमा ३,३१७ पुगेको छ । ह्वाइट हेल्मेट नागरिक रक्षा समूहका अनुसार १,९७० उत्तरपश्चिममा विद्रोही नियन्त्रित क्षेत्रमा रहेका छन ।

सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार सिरियाका सरकारी नियन्त्रित भागहरूमा थप १,३४७ जनाको मृत्यु भएको छ।

सिरियाका सबै प्रभावित क्षेत्रहरूमा घाइते हुनेहरूको कुल सङ्ख्या बढेर ५,२४५ पुगेको छ (२,२९५ सरकार नियन्त्रित क्षेत्रमा र २,९५० विद्रोही नियन्त्रित क्षेत्रमा)।

टर्की सरकार, ह्वाइट हेल्मेट र सिरियाली सरकारी सॅचार माध्यमका अनुसार सिरिया र टर्कीमा कम्तीमा ७१,३७७ व्यक्ति घाइते भएका छन्।

प्रतिक्रिया