अध्यावधिक गरिएको : टर्की र सिरियामा मृत्यु हुनेको संख्या १७ हजार नाघेको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पछिल्लो तथ्याङ्क अनुसार गत सोमबार आएको शक्तिशाली भूकम्प र शक्तिशाली पराकम्पन का कारण दक्षिणपूर्वी टर्कीमा कम्तिमा १४,०१४ व्यक्तिको मृत्यु भएको छ र ६३,००० भन्दा बढी घाइते भएका छन्।
यसैबीच, उत्तरपश्चिमी सिरियाको सरकारी र विद्रोही नियन्त्रित क्षेत्रहरूमा कम्तिमा ३,१६२ जनाको मृत्यु भएको छ र ५,६०० भन्दा बढी घाइते भएका छन ।
एबिसीन्यूजका अनुसार न्यूयोर्कका एक परिवारका ४ जनाको मृत्यु भएको उल्लेख गरेको छ । काउन्सिल अन अमेरिकन-इस्लामिक रिलेसनस नामक सँस्थाको न्यूयोर्क शाखाले बुधबार ट्वीट गर्दै उक्त सँस्थाका समितिका पूर्व सदस्य बुराक फिरिक, उनकी श्रीमती र दुई छोराछोरीसहित टर्कीमा भूकम्पमा मारिएको जनाएको छ ।
प्रतिक्रिया