रुसले युरोपेली जीवनशैलीलाई नष्ट गर्न चाहेको बताए :जेलेन्स्की

इनेप्लिज २०७९ माघ २६ गते ११:४७ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोइडिमिर जेलेन्स्कीले युरोपेली जीवनशैलीलाई नष्ट गर्न चाहेको बताए । उनले ब्रसेल्समा युरोपेली संसदलाई सम्बोधनको क्रममा भनाई राखेका हुन् । “हामी त्यसो हुन दिदैनौं,” उनले भने।

“म यहाँ हाम्रा मानिसहरूको घरको बाटोको रक्षा गर्न आएको छु,” उनले युरोपेली संघ (ईयू )सांसदहरूलाई भने।

जेलेन्स्कीले युरोपेली सांसदहरूलाई रुसले युरोपलाई सन् १९३० र १९४० को दशकको जेनोफोबिया(बिदेशीको घृणा )मा फर्काउन चाहेको बताएका छन्।

“हाम्रो लागि यसको जवाफ छैन,” उनले भने। “हामी आफ्नो रक्षा गर्दैछौं। हामीले आफ्नो रक्षा गर्नुपर्छ। युक्रेनले रुसी भेदभावसँग लडिरहेको आरोप लगाए ।

जेलेन्स्कीले ईयूका सांसदहरूलाई सम्बोधन गर्दै आफ्नो देशलाई युरोपेली संघको हिस्सा बन्न हार्दिक अपील गरेका छन्।

“यो हाम्रो युरोप हो, यी हाम्रा नियमहरू हुन्, यो हाम्रो जीवन शैली हो। र ,युक्रेनको लागि यो घर जाने बाटो हो ,” जेलेन्स्कीले युरोपेली संघमा सामेल हुने युक्रेनको लक्ष्यलाई उल्लेख गर्दै भने।

“म यहाँ हाम्रा मानिसहरूको घरको बाटोको रक्षा गर्न आएको छु,” उनले भने ।

प्रतिक्रिया