क्यानडामा नगर यात्रीयान बाल हेरचाह केन्द्रमा दुर्घटना हुँदा २ बालबालिकाको मृत्यु, ६ घाइते

इनेप्लिज २०७९ माघ २६ गते ०:२३ मा प्रकाशित

क्यानडामा एक नगर यात्रीयान(सिटी बस) बाल हेरचाह केन्द्र (डे केयर)मा दुर्घटना हुँदा २ बालबालिकाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

सिएनबिसी न्यूजका अनुसार एक नगरमा चल्ने बस(यात्रीयान) बुधबार मोन्ट्रियलको उत्तरमा एक बाल हेरचाह केन्द्र (डे केयर सेन्टर)मा ठोक्किए पछि दुई बालबालिकाको मृत्यु भएको र छ जनालाई अस्पताल पठाइएको जनाएको छ ।

सार्वजनिक यातायात (बस) चालकलाई ज्यान मार्ने र लापरवाही सवारी चलाएको अभियोगमा पक्राउ गरिएको छ । घटना क्युबेकको लाभलमा भएको थियो भने घटना पछि दर्जनौं प्रहरी र आकस्मिक सवारी साधनहरूले त्यहाँ जान रोकेका थिए ।

एक प्रत्यक्षदर्शीका अनुसार दुर्घटना लगत्तै चालक गाडीबाट बाहिर निस्के, आफ्नो लुगा च्याते र चिच्याउन थाले।

चालक ५१ वर्षका हुन् भने उनि सोसाइटी डे ट्राफिक डे लाभलमा १० वर्ष काम गरेका थिए। उनको कुनै आपराधिक इतिहास र कुनै दाग लागेको अभिलेख नभएको प्रहरी अधिकारीहरू र लाभलका नगर प्रमुख स्टेफन बोयरले दुई छुट्टाछुट्टै पत्रकार सम्मेलनमा भने।

लाभलका प्रहरी प्रमुख पियरे ब्रोचेटले प्रहरीले चालकसँग अन्तर्वार्ता लिइरहेको बताए । अस्पतालमा भर्ना गरिएका छ जना बालबालिकालाई कुनै खतरा नभएको बताईएको सिबिएसन्यूजले जनाएको छ ।

प्रतिक्रिया